आज :

आपूर्ति केन्द्रको कमिसन काण्ड संसदमा पुग्यो, मन्त्रिपरिषद्ले नै छानबिन गर्नुपर्छः सांसद बम

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रको सेटिङ काण्ड प्रदेशसभामा प्रवेश गरेको छ । अस्पतालको फोहोरमैला व्यवस्थापन सम्बन्धी मेसिन खरिद प्रक्रियामा ठूलो कमिसनको खेल भएको भन्दै सांसदले प्रदेशसभामा छानविनको माग गरेका छन् ।

प्रदेशसभा सदस्य प्रकाश बमले उपकरण खरिदको नाममा ठूलो कमिसनको खेल भइरहेको भन्दै सरकारले नै छानबिन गर्नु पर्ने बताए ।

बमले झन्डै २ करोडमा आउने सामग्री कसिनका लागि ९ करोडमा टेन्डर दिएको भन्दै उनले त्यसमा मन्त्रीपरिषद्ले छानबिन गर्नुपर्नेमा माग गपनि गरे ।

केन्द्रले अमुक कम्पनीसँगको मिलेमतोमा चारवटा मेसिन खरिदको प्रक्रिया सुरु गरेपछि प्रदेशको सामाजिक विकास समितिमा उजुरी परेको थियो । समितिका एक सदस्यका अनुसार समितिले मन्त्रालयका अधिकारीसहित छलफल गरेको थियो । मन्त्रालयका अधिकारीहरुले समितिले निर्णय गरेर मन्त्रालय पठाउन आग्रह गरेको थियो । सोहीअनुसार समितिले मन्त्रालय पठाउने निर्णय गर्दै सोको जानकारी दिन भनेको थियो ।

मन्त्रालय स्रोतका अनुसार सचिव गणेशबहादुर सिंहले कसैलाई जानकारी नदिएरै उक्त प्रकरणबारे अध्ययन गर्न समिति गठन गरेका थिए । समितिका एक सदस्यका अनुसार मन्त्री झपटबहादुर साउदले समिति उक्त विषयमा बोल्दै आफूलाई जानकारी नदिएर समितिले प्रतिवेदन तयार गरेको भन्दै त्यसबारे अध्ययन गर्ने जवाफ दिएका थिए ।

मन्त्रालयका सचिव सिंहकै योजनामा केन्द्रका निर्देशक डा. अर्यालले खरिद प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ । मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले खरिद प्रक्रियालाई रोक्न निर्देशन नदिएको र आफूहरुले त्यसमाथि समिति बनाएर अध्ययन रिपोर्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दिइसकेको जानकारी दिए । तर, उनले उक्त प्रतिवेदन दिन मिल्ने नमिल्नेबारे आफूलाई जानकारी नभएको समेत बताए ।

सामाजिक विकास मन्त्रालय अन्तरगतको केन्द्रले लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालिले पाउने गरी नै ‘स्पेकलक’ गरेर २४ सेप्टेम्बर २०२३ मा सूचना प्रकाशित गरेर प्रस्ताव आह्वान गरेको थियो । भोलिसम्मको म्याद राखेर आसयको सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal