आज :

समाचार रोक्न भन्दै विशाल पण्डितले ‘पैसाको बिटो’ पठाएपछि …

  • अनलाइन डबली

काठमाडौँ । विवादित मेडिकल सप्लायर विशाल पण्डितले आफूविरुद्धका समाचार रोक्न पत्रकारलाई मिलाउन भन्दै मोटो रकम पठाएको खुलासा भएको छ । मधेस प्रदेशको आपूर्ती व्यवस्थापन केन्द्रले 128 Slice CT scan खरिद गर्न फागुन १० गते आह्वान गरेको 22 feb.2024 IFB NO: MP/PHMC/NCB/GOODS-13/2080-81 टेण्डरमा स्पेकलक गरेको अनलाइन डबलीले पहिलोपटक खुलासा गरेको थियो ।

उक्त सिटी स्क्यान खरिदको लागि सूचना प्रकाशित अघिनै पण्डितले कर्मचारीसँग मिलेर आफू एजेन्ट रहेको फिलिप्स कम्पनीसँग मात्रै मिल्ने गरी खरिद मापदण्ड बनाउन लगाएका थिए । पण्डितको उक्त सेटिङ सार्वजनिक भएपछि सामाचार रोक्न भन्दै पैसाको बिटो पठाएका हुन् ।

“स्थानीय र केन्द्रीय संचारमाध्यममा समाचार आउन थालेपछि विशाल पण्डितले पत्रकारलाई मिलाउनु पर्यो भन्दै पहिलो चरणमा केही रकम पठाउनु भयो । माग गरिएको भन्दा कम चार लाख पहिलो चरणमा पत्रकारलाई मिलाउन भन्दै पैसा पठाइएको सूचना हामीसँग छ” स्रोतले भन्यो ।

तर, मिडिया र पत्रकारसम्म उक्त रकम पुगेनपुगेको खुलेको छैन । स्रोत अगाडि भन्छ, “उक्त पैसा मधेस प्रदेशमा पुगेको हो तर कुन मिडिया र कति पत्रकारलाई बाँडियो भन्ने पत्ता लागेको छैन । यदि उक्त रकम बाँडिएको भएपनि पण्डितको उद्देश्य भने पूरा हुन सकेन, संचारमाध्यमहरुले सत्य कुरा सार्वजनिक गरिरहेका छन् ।”

केन्द्रले सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानको लागि टेण्डर आह्वान गरेको थियो । पण्डितले उक्त टेन्डरमा स्पेक लक गर्न तयार नभएपछि निर्देशक र बायोमेडिकल इन्जिनियरको सरुवा समेत गराएका थिए ।

प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्र सिंहसँग मिलेर पण्डितले केन्द्रका तत्कालिन निमित्त निर्देशक नागेन्द्र यादव र बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गराएका थिए । मन्त्रीले नागेन्द्रका ठाउँमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत डा. मनिष पाण्डेलाई ल्याएका छन् भने नागेन्द्रको स्थानमा पण्डितकी पूर्वकर्मचारी मिश्रा ।

पण्डित एजेन्ट रहेको फिलिप्स कम्पनीको फिचारसँग मिल्ने गरी खरिद मापदण्ड नबनाएकै कारण नागेन्द्र र शैलेन्द्रको सरुवा गरिएको चर्चा यसअघि नै मधेस हुँदै काठमाडौँसम्म पुगेको थियो । टेण्डर आह्वानपछि उक्त कुराको पुष्टि भएको छ ।

दुईवटा मेसिन र रुम सेटअपसहित बढीमा १० करोडसम्म पर्ने देखिएपनि स्पेकलक गरेर त्यसको दोब्बर लागत मूल्य राखिएपछि यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।

सप्लायर्स नारायण कार्कीले उक्त प्रकरणको छानविनको लागि मुख्यमन्त्री कार्यालयमा यसअघि उजुरी दिइसकेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेशसभा अन्तरगतको सार्वजनिक लेखा समितिमा समेत छानविनका लागि उजुरी दिएका छन् । कार्कीले सार्वजनिक खरिद ऐन विपरित स्पेकलक गर्न संलग्न कर्मचारीमाथि कारवाहीको माग समेत गरेका छन् ।

यो प्रकरणमा मधेस प्रदेशका स्वास्थ्यमन्त्री सिंहको पण्डितलाई साथ रहेको आरोप लागेको छ । तर, अहिलेसम्म मन्त्री सिंहले यसबारे धारणा सार्वजनिक गरेका छैनन् ।

पण्डितले हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड इन्टरनेसनल कम्पनीमार्फत सेटिङमा स्पेकलक गरेर स्वास्थ्य सामाग्री आपूर्ती गर्दै आएको आरोप लाग्दै आएको छ ।

यो पनि पढ्नुहोस्

१. ‘स्पेकलक’ गरेको भन्दै विशाल पण्डितविरुद्ध अख्तियारमा उजुरी, प्रमाणसहित

२. मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा विशाल पण्डितको ‘सेटिङ’विरुद्ध उजुरी

३. मधेशमा पनि विशाल पण्डितको झेल, १२ बर्ष पुरानो सिटी स्क्यान मेसिन जोडेर १० करोड खाने खेल

४.सुदूरपश्चिम स्वास्थ्य आपूर्ती केन्द्रमा विशाल पण्डितले गरे ओम्नी काण्डभन्दा ठूलो ‘सेटिङ’

५. डा. निरज: सेतीमा दरबन्दी, आपूर्ती केन्द्रमा हाजिरी, निजी अस्पतालमा काम र बसेरामा सेटिङ

६. सुदूरपश्चिम आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्याललाई जिम्मेवारीबाट हटाउन निर्देशन

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal