आज :

डा. निरज: सेतीमा दरबन्दी, आपूर्ती केन्द्रमा हाजिरी, निजी अस्पतालमा काम र बसेरामा सेटिङ

  • अनलाइन डबली

धनगढी । सरकारी जागिर खानु त डा. निरज अर्यालको जस्तो । एकठाउँमा दरबन्दी अर्को ठाउँमा हाजिरी र आफ्नो निजी अस्पतालमा काम ।

सुदूरपश्चिम प्रदेश सरकारको सेती अस्पतालमा दरबन्दी भएका डा. निरज अर्याल लामो समयदेखि कामकाजको लागि प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रको निर्देशकको रुपमा काम गरिरहेका छन् ।

कामकाज निश्चिम अवधिको लागि मात्रै हुने भएपनि डा. अर्याल लामो समयदेखि केन्द्रको प्रमुखको रुपमा रहेका छन् । उक्त केन्द्रले बजेटदेखि खरिदसम्म स्वास्थ्य सामाग्री सेटिङमा खरिद गर्दै आएको आरोप पटकपटक लाग्दै आएको छ ।

एम्बुलेन्स, अन्ट्रासाउण्डमा भएको झेलबारे केन्द्रले नागरिकको चित्तबुझ्दो जवाफ दिन सकेको छैन । यसअघिको खरिदमाथि नागरिकको प्रश्नको जवाफ नआउँदै केन्द्रले सेटिङमा अस्पतालको फोहोर व्यवस्थापन सिस्टम खरिदको लागि बोलपत्र आह्वान गरेर सम्झौताको तयारी भइरहेको आरोप लागेको छ ।

स्वास्थ्य क्षेत्रको चर्चित ओम्नीभन्दा पनि यो सेटिङ कयौं गुणाबढी डरलाग्दो भएको बताइन्छ । विशाल पण्डितको लागि स्पेकलक गरेर सूचना प्रकाशित गरेको थियो । जसका कारण ५ वटा कम्पनी प्राविधिक प्रस्तावमै फालिएका थिए । प्रदेशसभामा सांसदहरुले नै बढीमा ५० देखि ५१ लाखमा पाइने उक्त मेसिन दुई करोडभन्दा बढीमा खरिद गर्न लागिएको भन्दै छानविनको माग गरेका थिए ।

हो, त्यही केन्द्रको निर्देशक अर्याल प्रमुख हुन् । उनले धनगढीमा एक निजी अस्पताल पनि संचालन गरेका छन् । अहिले पनि उनको फेसबुक प्रोफाइलमा उक्त अस्पतालको कार्यकारी निर्देशक उल्लेख छ ।

गजबको कुरा त के भने डा. अर्याल तलब पकाउन केन्द्रमा हाजिर गर्छन् आफ्नो निजी अस्पतालमा बिरामी आएको फोन आउने बित्तिकै सुईकुच्चा ठोकिहाल्छन् । हामीले बिरामी भएर अस्पतालमा सम्पर्क गर्दा बिरामी भएपछि जतिबेला पनि आउनुहुन्छ, आज ३ बजे आउनुहुन्छ भन्ने जानकारी अस्पतालले दिएको थियो ।

डा. अर्याल कतिखेर आउनु हुन्छ र जानुहुन्छ भन्ने कुनै जानकारी नहुने केन्द्रका एक कर्मचारी बताउँछन् । निजी अस्पतालमा बिरामी आउनु वित्तिकै निस्किहाल्ने गरेको कर्मचारीको दाबी छ ।

चारवटा अस्पतालको लागि फोहोर मैला व्यवस्थापन सिस्टम खरिदको सूचना निकाल्नु अघि सिंहदरबार नजिक रहेको माफियाका परिचय बनाएका विशाल पण्डितको घरमा छलफल भएको स्रोतको दाबी छ ।

त्यसको लागि वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले संयोजन गरेको समेत स्रोतले बतायो । डा. सन्तोष, डा. निरज र विशलाबीच खरिद प्रक्रियाबारे लामो छलफल भएको स्रोतले अनलाइन डबलीलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal