आज :

अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश

  • अनलाइन डबली

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहको नेतृत्वमा सञ्चालन भइरहेको मेची–महाकाली पदयात्रा सिरहा जिल्लामा प्रवेश गरेको छ ।

मेचीदेखि महाकालीसम्म जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यले अघि बढाइएको पदयात्रा सप्तरी हुँदै सिरहा पुगेको हो । पदयात्राका क्रममा सिंहले सप्तरीमा अभियानलाई साथ, समर्थन र हौसला प्रदान गर्ने सम्पूर्ण स्थानीयवासी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

जनताको आवाज सुन्ने, नागरिकका भावना बुझ्ने र उनीहरूका समस्या तथा मुद्दालाई आत्मसात् गर्ने उद्देश्यसहित पदयात्रा अघि बढिरहेको उनले बताएका छन् ।

मेचीदेखि महाकालीसम्म नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनताका आवाज र अपेक्षालाई समेट्ने अभियानले सिरहामा पनि निरन्तरता पाएको छ ।

सांसद सिंहको नेतृत्वमा जारी पदयात्रामार्फत विभिन्न क्षेत्रका नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका विचार र समस्याबारे जानकारी लिइने जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal