आज :

मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा विशाल पण्डितको ‘सेटिङ’विरुद्ध उजुरी

  • अनलाइन डबली

काठमाडौँ । विवादित मेडिकल सप्लायर्स विशाल पण्डितले ‘सेटिङ’ मा सिटी स्क्यान खरिद गर्न लागेको भन्दै उजुरी परेको छ ।

मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निमित्त मनिष पाण्डे र बायोमेड इन्जिनियर बन्दना मिश्रले खरिद ऐन विपरित एउटै मात्र कम्पनीको लागि स्पेसिफिकेसन बनाएको भन्दै विभागीय कारवाही गर्न माग समेत गरिएको छ ।

मेडिकल सप्लायर्स नारायण कार्कीले दिएको उजुरीमा पाण्डे र मिश्रलाई कारवाही गर्न छानविन समिति गठनको माग समेत गरेका छन् ।

केन्द्रले फागुन १० गते सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानको लागि टेण्डर आह्वान गरेको थियो ।

पण्डितको कम्पनीले मात्रै पाउनेगरी स्पेसिफिकेशन बनाएको समाचार अनलाइन डबलीमा प्रकाशित भएको थियो ।

‘माफिया’ पण्डितले आफ्नो कम्पनीले पाउने गरी स्पेक बनाउन तयार नभएपछि स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा स्थायी दरबन्दी भएका बायोमेड इन्जिनियरलाई सुरुवा गरेर करारमा नियुक्त गरिएकी बन्दना मिश्रलाई खरिद मापदण्ड बनाउन लगाएको बताइएको छ ।

‘सेटिङ’ मा १० करोड कमिसन खानेगरी पण्डितको हस्पिटेक प्रा.लि.सँग मिल्ने मापदण्ड बनाएर २० करोडको सिटी स्क्यान मेसिन खरिद तथा जडान गर्ने तयारी भइरहेको बेला उजुरी परेको हो ।

१. मधेशमा पनि विशाल पण्डितको झेल, १२ बर्ष पुरानो सिटी स्क्यान मेसिन जोडेर १० करोड खाने खेल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal