आज :

‘स्पेकलक’ गरेको भन्दै विशाल पण्डितविरुद्ध अख्तियारमा उजुरी, प्रमाणसहित

  • अनलाइन डबली

काठमाडौँ । विवादित मेडिकल सप्लायर्स विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मधेस प्रदेशको आपूर्ती व्यवस्थापन केन्द्रले 128 Slice CT scan  खरिद गर्न 22 feb.2024 IFB NO: MP/PHMC/NCB/GOODS-13/2080-81 टेण्डर प्रकाशित गरेको थियो । उक्त सिटी स्क्यान खरिद प्रक्रियामा पण्डितले ‘सेटिङ’ गरेर स्पेकलक गरेको भन्दै उजुरी परेको हो ।

सूचना प्रकाशित अघिनै पण्डितले कर्मचारीसँग मिलेर आफू एजेन्ट रहेको फिलिप्स कम्पनीसँग मात्रै मिल्ने गरी खरिद मापदण्ड बनाउन लगाएको भन्दै सप्लायर्स नारायण कार्कीले अख्तियारमा उजुरी दिएका हुन् । स्पेकलकमा केन्द्रका निमित्त निर्देशक मनिष पाण्डे र बायोमेड इन्जिनियर बन्दना मिश्र संलग्न रहेको भन्दै कार्कीले कारवाहीको माग समेत गरेका छन् ।

आज बर्दिबासमा रहेको आयोगको कार्यालयमा ४४०४ नम्बरको उजुरी दर्ता भएको छ ।

पण्डितले कर्मचारीलाई प्रभावमा पारेर यसरी गरेका थिए स्पेकलक ।

“खरिद ऐन विपरित एउटै मात्र कम्पनीलाई मिल्नेगरी खरिद मापदण्ड बनाउनु भ्रष्टाचार हो । त्यसमा संलग्न कर्मचारीमाथि कारवाहीको माग गरेको हुँ” कार्कीले भने । कार्कीले रद्द गरेर नयाँ टेण्डर आह्वान गर्न समेत माग गरेका छन् ।

यसअघि मुख्यमन्त्री कार्यालयमा पनि यस विषयमा छानविनको लागि उजुरी दिइसकेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रमुख सचिवलाई तोक लगाएका थिए ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रमुख सचिवलाई तोक लगाएका थिए । प्रशासनको सचिवलाई समेत आवश्यक छानविन गर्न तोक लागिसकृेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal