आज :

सुदूरपश्चिम आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्याललाई जिम्मेवारीबाट हटाउन निर्देशन

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशसभा अन्तरगतको समाजिक विकास समितिले आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. निरज अर्याललाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले डा. अर्यालमाथि छानविन गर्न स्वास्थ्य सेवा विभागलाई आग्रह समेत गरेको छ ।

समितिका सदस्य ओमविक्रम भाट ‘सरल’ का अनुसार डा. अर्यालले गरेको निजीगत कमजोरीबारे छानविन गर्न स्वास्थ्य सेवा विभागबाट बायोमेड इन्जिनियर बोलाउन समेत समितिले निर्देशन दिएको छ ।

डा. निर्देशक अर्यालले चारवटा अस्पतालको लागि फोहोर मैला व्यवस्थापन सिस्टम खरिदमा सेटिङ गरेरको अनलाइन डबलीले समाचार प्रकाशित गरेको थियो ।

“आज बसेको समितिको बैठकमा डा. अर्याललाई बोलाएर जवाफ माग्यौं तर उहाँले एउटा पनि प्रश्नको चित्तोबुझ्दो जवाफ दिनुभएन । समितिले उहाँलाई छानविनको लागि निर्देशन दिने र त्यतिबेलासम्म उहाँलाई  जिम्मेवारीबाट हटाउन पनि निर्देशन दिएको छ” सरलले भने ।

निर्देशक डा. अर्यालले विवादित व्यवसायी विशाल पण्डितसँगको मिलेमतोमा खरिद गर्न लागेको आरोप लागेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal