आज :

मधेसमा विशाल पण्डितको ‘सेटिङ’ काण्डः छानबिन गर्न तीन सदस्यीय समिति गठन

  • अनलाइन डबली

काठमाडौँ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटी स्क्यान खरिद प्रक्रियाबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । विवादित मेडिकल सप्लायर विशाल पण्डितले सेटिङमा बोलपत्र आह्वान गर्न लगाएको कुरा सडकदेखि लेखा समितिसम्म पुगेपछि मन्त्रालयले छानविन समिति गठन गठन गरेको हो ।

मन्त्रालयले डा. इन्द्रजित रजकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । जसमा बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादव र मन्त्रालयका शाखा अधिकृत रविन्द्र यादव सदस्य रहेका छन् ।

समितिका संयोजक डा. रजकले अनलाइन डबलीसँग आफूहरुले पत्राचार गर्न सुरु गरेको र विस्तृत अध्ययन आइतबारबाट गर्ने बताए ।

“बायोमेडिकल इन्जिनियर अन्य काममा व्यस्त हुनुहुन्छ । उहाँलाई हामीले बोलाइसकेका छौं, अब आइतबारबाट यो विषयको विस्तृत अध्ययन सुरु गर्छौं” डा. रजकले भने । उनले मन्त्रालयले समय नतोकेकोले आफूहरुले योसँग सम्बन्धी सबै विषयहरुको अध्ययन गर्ने जानकारी दिए ।

मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले फागुन १० गते १२८ स्लाइस सिटी स्क्यान खरिद गर्न टेण्डर आह्वान गरेको थियो । खरिद ऐन विपरित पण्डित, मन्त्री विरेन्द्र सिंह, निमित्त निर्देशक डा. मनीष पाण्डे र परामर्शदाता बन्दना मिश्रको मिलेमतोमा स्पेक लक गरेर टेण्डर आह्वान गरेको आरोप लागेको छ ।

उक्त विषय प्रदेशसभा अन्तरगतको सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । समितिले पाण्डे र मिश्रलाई बैठकमा बोलाएर बयन समेत लगेको थियो । दुबै जनाले दिएको बयन चित्त नबुझेको समितिले निष्कर्ष निकालेको थियो ।

सिरहा र सर्लाहीको लागि रुमसेटअपसहित सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा पण्डित एजेन्ट रहेको फिलिप्स कम्पनीसँग मिल्ने खरिद मापदण्ड बनाएर टेण्डर आह्वान गरिएको थियो । पण्डितको कम्पनीले मात्रै पाउन एनसिबी टेण्डर निकालिएको थियो ।

सामान्यः सिटी स्क्यान र एमआरआई जस्ता मेसिन खरिद गर्दा आईबिसी टेण्डर निकाल्ने गरिन्छ । पण्डितको हस्पिटेक इन्टरप्राइजेज मात्रै प्रतिस्पर्धामा आउन सक्नेगरी स्पेसिफिकेशन बनाएर एनबिसी टेण्डर आह्वान गरेपछि विरोध भएको थियो ।

मेडिकल व्यवसायी नारायण कार्कीले उक्त प्रकरण छानबिनको लागि मुख्यमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए ।

यो पनि पढ्नुहोस्

१.लेखा समितिमा पाण्डे र मिश्रको टालटुले जवाफ, सचिवलाई बोलाउने तयारी

. समाचार रोक्न भन्दै विशाल पण्डितले ‘पैसाको बिटो’ पठाएपछि … 

३.‘स्पेकलक’ गरेको भन्दै विशाल पण्डितविरुद्ध अख्तियारमा उजुरी, प्रमाणसहित

४. मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा विशाल पण्डितको ‘सेटिङ’विरुद्ध उजुरी

५. मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा विशाल पण्डितको ‘सेटिङ’विरुद्ध उजुरी

६. सुदूरपश्चिम स्वास्थ्य आपूर्ती केन्द्रमा विशाल पण्डितले गरे ओम्नी काण्डभन्दा ठूलो ‘सेटिङ’

७. डा. निरज: सेतीमा दरबन्दी, आपूर्ती केन्द्रमा हाजिरी, निजी अस्पतालमा काम र बसेरामा सेटिङ

८. सुदूरपश्चिम आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्याललाई जिम्मेवारीबाट हटाउन निर्देशन

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal