काठमाडौँ उपत्यकाको दक्षिणि भेगमा अवस्थित प्राचीन बस्ती बुंगमतीमा आज बात अजी -आजि (मनकामना) द्याे: सिंह सार्थ बाहु जात्रा सुरु भएको छ ।जात्राको पहिलो दिन आज मनोकामना लाइ देव घर बात बाहिर निकालिने छ ।
जात्राको दोश्रो दिन हिग्राव भैरव आजु लाइ देव भारबाट बाहिर निकाली दिनभरी बिधि पुर्वक पुजा गरिन्छ। जात्राको मुख्य तेश्रो दिन आजु-आजि (मनकामना, हिग्राव भैरव ) द्याे:लाइ खतमा राखी सिंह सार्थ बाहु सहित दिनभरी नगर परिक्रमा गर्ने गरिन्छ ।
उपत्यकाको दक्षिणी भेग खोकनामा रुद्रायणी देवी जात्रा र बुंगमतीमा अजी -आजि (मनकामना) , सिंह सार्थ बाहु जात्रालाइ नै दशैँको रुपमा मनाउने प्रचलन रहिआएको छ ।
जात्र अवधि भरि गोरखाको मनोकामना मन्दिरको ढोका बन्द गर्ने गरिन्छ ।


अनलाइन डबली

