आज :

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

  • अनलाइन डबली

सिड्नी, (अस्ट्रेलिया)। अस्ट्रेलियामा आप्रवासन नीतिलाई लिएर बहस चर्किरहेका बेला आइतबार, सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ ।

‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा सहभागीहरूले सिड्नीको रोयल बोटानिक गार्डेन नजिकबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालेका थिए ।

वर्षाका बाबजुद प्रदर्शनमा उल्लेख्य संख्यामा मानिस सहभागी भएका थिए। प्रदर्शनकारीहरूले अस्ट्रेलियामा आप्रवासीको आगमन नियन्त्रण गर्नुपर्ने, आप्रवासन नीतिमा कडाइ गर्नुपर्ने र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए। उनीहरूले आप्रवासन रोक्नुपर्ने र अस्ट्रेलियाको राष्ट्रिय पहिचान संरक्षण गर्नुपर्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा आप्रवासन नीतिका आलोचक, विभिन्न राजनीतिक अभियानसँग सम्बन्धित व्यक्ति तथा राष्ट्रवादी विचारधारा राख्ने समूहहरूको सहभागिता थियो।

यसको प्रतिवादस्वरूप सिड्नी टाउन हल क्षेत्रमा शरणार्थी तथा आप्रवासी अधिकारका पक्षधर समूहहरूले छुट्टै प्रदर्शन गरेका थिए। उनीहरूले जातीय विभेद, घृणा र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै बहुसांस्कृतिक समाजको पक्षमा आवाज उठाएका थिए।

यसैबीच, अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका आप्रवासी राजीव भुसालले आफू पनि आप्रवासी भएको उल्लेख गर्दै आफूलाई स्वागत गर्ने देशप्रति सम्मान र जिम्मेवारीको भावना राख्नुपर्ने बताएका छन्।

उनका अनुसार कुनै देशले अवसर, स्वतन्त्रता र राम्रो भविष्य प्रदान गरेको छ भने त्यहाँको समाज, संस्कृति, नागरिक र मूल्य–मान्यताको सम्मान गर्नु हरेक आप्रवासीको दायित्व हो।

अस्ट्रेलिया विभिन्न देश, भाषा, धर्म र संस्कृतिका मानिसहरूको साझा घरका रूपमा स्थापित छ। आप्रवासीहरूले स्वास्थ्य, शिक्षा, व्यवसाय, कृषि, निर्माण, सञ्चार तथा अन्य क्षेत्रमा योगदान दिँदै आएका छन्।

यद्यपि बढ्दो जनसंख्या, आवासको अभाव, पूर्वाधारमाथिको चाप र आप्रवासन व्यवस्थापनका विषयमा अस्ट्रेलियामा बहस जारी छ।

अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान कायम राख्न आप्रवासी र स्थानीय समुदाय दुवैले पारस्परिक सम्मान, सहिष्णुता र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal