आज :

लेखा समितिमा पाण्डे र मिश्रको टालटुले जवाफ, सचिवलाई बोलाउने तयारी

  • अनलाइन डबली

काठमाडौँ । मधेश प्रदेशसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. मनीष पाण्डे र परामर्शदाता बन्दना मिश्रसँग बयान लिएको छ । विवादित मेडिकल सप्लायर विशाल पण्डितको स्वार्थअनुसार काम गरेको उजुरी परेपछि समितिले बिहीबार उनिहरुसँग बोलाएर बयन लिएको हो ।

सिरहा र सर्लाहीमा किन्न लागिएको रुमसति सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा पण्डित एजेन्ट रहेको फिलिप्स कम्पनीसँग मिल्ने खरिद मापदण्ड बनाएको पाण्डे र मिश्रमाथि आरोप छ । एनसिबी नोटिस निकालेर पण्डितको हस्पिटेक इन्टरप्राइजेज प्रतिस्पर्धामा आउन सक्ने गरी टेन्डर निकालेको विषय लेखा समितिमा पुगेको हो ।

पाण्डे र मिश्रले दिएको बयन समितिका सदस्यहरुले चित्त नबुझेको बताएका छन् । टेण्डरसँग जोडिएका विषयमा सोधिएको प्रश्नको दुबै जनाले टालटुले जवाफ दिएका थिए ।

समितिले प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवलाई बोलाएर बयन लिने तयारी भइरहेको समितिका एक सदस्यले बताए ।

स्वास्थ्य मन्त्री विरेन्द्र सिंह पनि उक्त प्रकरणमा मुछिएका छन् । कमिसनको चक्करमा मन्त्रीले पण्डितसँग मिलेर नै निर्देशक पाण्डेलाई स्पेकलक गर्न लगाएको स्रोतको दाबी छ ।

विशाल पण्डितको कम्पनीको लागि स्पेकलक गर्न तयार नभएपछि तत्कालीन निमित्त निर्देशक नागेन्द्र यादव र बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गराएका थिए । पण्डितकै योजनामा नागेन्द्रको सट्टा पाण्डे र शैलेन्द्रलाई हटाएर आफ्नी पूर्वकर्मचारी मिश्रलाई केन्द्रमा ल्याएर सेटिङको योजना बनाइएको थियो ।

केन्द्रले फागुन १० गते १२८ स्लाइस सिटी स्क्यान खरिद गर्न टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डर खरिद ऐन विपरीत एउटै मात्र कम्पनीसँग मिल्नेगरी मापदण्ड बनाएको भन्दै सप्लायर नारायण कार्कीले मधेश प्रदेशसभा सार्वजनिक लेखा समितिमा उजुरी हालेका थिए ।

दुईवटा मेसिन र रुम सेटअप गरेर झण्डै १० करोड रुपैयाँ कमिसन खाने योजना बनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal