आज :

नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल पुनः हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उनले धर्म र राजनीतिलाई अलग गरेर हेर्दा राजनीति विकृत हुँदै जाने दाबी गरेका छन् ।

सनातन धर्म संस्कृति संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले धर्मरहित राजनीतिले भ्रष्टाचार र अनैतिक प्रवृत्तिलाई बढवा दिने बताए ।

उनले भने, ‘राजनीति र धर्मलाई जब अलग हेरिन्छ, तब राजनीति बिग्रिँदै जान्छ । धर्मरहित राजनीति भनेको आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउनु हो । त्यसकारण राजनीति धर्मसहितकै हुनुपर्छ । त्यसमाथि पनि नेपाल हिन्दु राष्ट्र नै हुनुपर्छ र धर्म र राजनीति सँगसँगै जानुपर्छ ।’

लिङ्देनले नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष बनाउने निर्णयमा राजनीतिक दलहरू नै जिम्मेवार रहेको आरोप लगाए । नेपाली समाजमा धर्मनिरपेक्षताको अवधारणा अपरिचित रहेकै अवस्थामा राजनीतिक दलहरूले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाएको उनको भनाइ थियो ।

उनले भने, ‘रातारात देश हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र भयो । हिन्दु धर्ममाथि कसले हस्तक्षेप ग¥यो त, दलहरूले गरे, धर्ममाथि राजनीति कसले गर्यो त ? दलहरूले नै गरे ।’

अध्यक्ष लिङ्देनले हिन्दु तथा सनातन धर्म मान्नेहरूलाई नेपाल पुनः हिन्दु राष्ट्र कायम गर्ने अभियानमा राप्रपाको पक्षमा उभिन आग्रह गरे ।

उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने मागलाई राजनीतिक स्वार्थका रूपमा मात्र नहेर्न आग्रह गर्दै यस विषयमा सनातन धर्मावलम्बीहरू एकजुट हुनुपर्ने धारणा राखे ।

‘हिन्दु धर्म मान्छु, सनातन धर्म मान्छु भन्नेहरूले एकपटक नेपाल हिन्दु राष्ट्र नभएसम्म राप्रपाको पक्षमा उभिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal