आज :

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

  • अनलाइन डबली

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।

वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने जनाएको थियो ।

विभागले जारी गरेको पत्रअनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको छ । यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने मन्त्री यादवले जनाएका छन् ।

विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ । ३५ दिनको अवधि पूरा भएपछि बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले जनाए ।

यस कदमबाट वैदेशिक रोजगारका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्नुका साथै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्री यादवले उल्लेख गरे । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, पीडितलाई न्याय दिलाउने तथा ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal