आज :

नेपाल भाषा निर्माण भएको दुइ म्युजिक भिडियो ‘अय् मय् जु ’ र ‘ ऐला थवॱ ऐला ’ सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ । नेपाल भाषामा निर्माण भएको दुइ म्युजिक भिडियो ‘अय् मय् जु ’ र ‘ ऐला थवॱ ऐला ’ सार्वजनिक भएको छ ।
शनिबार एककार्यक्रम बीच सार्वोजनिक भएको ‘अय् मय् जु ’ म्युजिक भिडियो गीतमा देविका बन्धना र राजेन्द्र शाक्य स्वर ,न्हुछे काजी महर्जनको रचना र दीप तुलाधरको संगीत तथा एरेन्जर रहेको छ ।
पवन जोशीको निर्देशन , अमर चित्रकारको सम्पादनमा रहेको यस म्युजिक भिडियोमा कलाकारको भूमिकामा नेपाल भाषामा निर्माण हुने चलचित्र र म्युजिक भिडियोमा निकै चर्चित नायिका आराध्या लक्ष्मी खड्गीका साथमा अर्शु महर्जनलगाएत अन्य कलाकारको भूमिका रहेको छ ।

यसैगरी अर्को म्युजिक भिडियो ‘ ऐला थवॱ ऐला ’मा राजेन्द्र शाक्य र सरस्वती मानन्धरको स्वर , न्हुछे काजी महर्जनको रचना , अनिल शाहीको संगीतमा रहेको छ ।
अनिल शाहीको निर्देशन , रोहिया महर्जनको कोरियोग्राफी ,नुर्बिंन राजभण्डारीको सम्पादनका कलाकारहरुको भूमिकामा आराध्या लक्ष्मी खड्गी र सन्नी शाक्यका साथमा अन्य कलाकारहरु मनोज सिंह,मनोरमा ,ज्ञानी ,रश्मी ,सुबर्ण,स्मृति बज्राचार्य ,राजेन्द्र गौतम ,सलिना प्रधान शाही ,भुपेन शाक्य ,गायेत्री मानन्धर ,सृजन शाक्यक भूमिका रहेको छ ।

म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal