आज :

मधेशमा पनि विशाल पण्डितको झेल, १२ बर्ष पुरानो सिटी स्क्यान मेसिन जोडेर १० करोड खाने खेल

  • अनलाइन डबली

काठमाडौँ । माफियाको परिचय बनाएका मेडिकल सप्लायर्स विशाल पण्डितले सुदूरपश्चिमपछि मधेस प्रदेशमा पनि खरिदमा झेल गरेका छन् । पण्डितले आफ्नो अनुकुल काम नगर्ने कर्मचारीलाई सरुवा गरेर आफ्नै पूर्वकर्मचारीलाई नियुक्त गराएर स्पेकलक गर्न लगाएका छन् ।

‘माफिया’ पण्डितले आफ्नो कम्पनीले पाउने गरी स्पेक बनाउन तयार नभएपछि स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा स्थायी दरबन्दी भएका बायोमेड इन्जिनियरलाई यसअधि नै अन्तै सरुवा गर्न लगाएका थिए । पण्डितको पूर्वकर्मचारी समेत रहेकी करारमा कार्यरत बायोमेड बन्दना मिश्रलाई सोही स्थानमा ल्याएर खरिद मापदण्ड बनाउन लगाइएको थियो ।

सेटिङमा तयार गरिएको मापदण्डसहित विहीबार सर्लाही र सिरहामा ‘रुमसहितको सिटी स्क्यान’ जडानको लागि टेण्डर आह्वान गरिएको छ । मिश्रले पण्डितको हस्पिटेकले मात्रै पाउने गरी २० करोडको सिटी स्क्यान मेसिन खरिद तथा जडानमा स्पेकलक गरी मापदण्ड तयार पारिन् ।

उक्त टेण्डर पण्डितको हस्पिटेक कम्पनीले मात्रै पाउने गरी स्पेकलक गरिएको छ । अरु कम्पनीलाई प्रतिस्पर्धामा आउन समेत रोकिएको छ ।
यसमा पण्डितको अर्को बदमासी पनि खुलासा भएको छ । उनले १२ बर्ष पुरानो उपकरण मधेसमा जडान गर्ने तयारीमा लागेका छन् ।

केन्द्र स्रोतका अनुसार पण्डितले जडान गर्न खोजेको सिटी स्क्यान मेसिन पुरानो भएकोले ४ करोडसम्म पर्ने र आधुनिक रुम सेटपको लागि बढिमा एक करोड गरी पाँच करोड पर्न आउने दाबी छ । यसरी हेर्दा दुईटा मेसिन जडान गरेर पण्डितले १० करोड कुम्ल्याउन खोजेको देखिन्छ ।

विशालको कमिसन खेलमा मधेस प्रदेशका स्वास्थ्यमन्त्री विरेन्द्रकुमार सिंहले मसेत साथ दिएको आरोप लागेको छ । त्यस्तै, आपूर्ती केन्द्रका निर्देशक डा. मनिष पाण्डेको पनि मिलेमतो रहेको छ । उनीहरु पण्डितको निर्देशनमा काम गरिरहेका छन् । कर्मचारी सरुवादेखि खरिदमा पण्डिले जेजे भन्यो मधेसमा त्यही हुँदै आएको छ ।

सेटिङको नयाँ तरिकाः

पण्डितले नेपाली अरु कम्पनीलाई प्रतिस्पर्धामा आउनबाट रोक्न एनसिबी सूचना आह्वान गर्न लगाएका छन् । नेपालमा एमआरआई र सिटी स्क्यानजस्ता मेसिन खरिदमा आईसिबी नोटिस निकाल्ने गरिन्छ ।

यसअघि कोशी प्रदेशले आईसिबी प्रस्ताव आह्वान गरेको थियो । विशालले मन्त्री, केन्द्रका निर्देशक र आफ्नी पूर्वकर्मचारी मिश्रसँग सेटिङमा अरु कम्पनीलाई प्रतिस्पर्धाबाट रोक्न एनसिबी प्रस्ताव आह्वान गर्न लगाएका हुन् । कम्पनीलाई सिधा प्रतिस्पर्धामा आउनबाट रोकेर माटो कमिसन खान आईबिसीलाई लत्याएर एनसिबी प्रस्ताव आह्वान गरिएको छ । यो नीतिगत भ्रष्टाचार हो ।

कोशी प्रदेशले निकालेको आईसिबी नोटिस

सिण्डिकेट तयार गर्न मधेस प्रदेशले निकालेको एनसिबी नोटिस

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal