
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले स्वास्थ्य सेवा विभाग घेराउ गरेको छ । स्वास्थ्य क्षेत्रमा अनियमितता, भ्रष्टाचार र सेटिङ प्रथा गरेको भन्दै विभाग घेराउ गरिएको हो । विभागबाट स्वास्थ्य सामाग्री खरिदमा विगतदेखि नै भ्रष्टाचार भइरहेको हुँदै आएको बताउँदै नेकपाले छानविनको माग समेत गरेको छ ।
सोमबार नेकपा नेता कार्यकर्ताले नारा जुलुससहित विभाग घेराउ गरेका थिए । विभिन्न समयमा भएका खरिद टेण्डरमा नीतिगत रुपमै भ्रष्टाचार हुने गरेको बताउँदै त्यस्ता कर्मचारीलाई नेकपाले कारवाहीको माग समेत गरेको छ ।
नेकपा काठमाडौंको आयोजनामा गरिएको घेराउ कार्यक्रमपछि कोणसभामा बाेल्दै नेताहरुले विभागका कर्मचारीकै योजनामा ठूला भ्रष्टाचारका काण्ड भइरहेको बताउँदै त्यस्ता छानविन गरी संलग्नलाई कारवाही नगरे जनकारवाही गर्ने चेतावनी समेत दिए ।
कोणसभामा नेतृ धिरिन्द्र उपाध्यले पहिलो चरणमा प्रचारात्मक कार्यक्रम भएको बताउँदै सरकारले कारवाही नगर सडकमा ल्याउने समेत बताइन् ।
अनलाइन डबलीले विभागबाट भइरहेकाे भ्रष्टाचारबारे समाचार प्रकाशित गरिरहेकाे छ । डबलीले पछिल्लो पटक गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की खरिद प्रकणमा ठूलो भ्रष्टाचार भएको छ र त्यसमा विभागका खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले सेटिङ गर्ने घोषणा खुलासा गरेको थियो ।
यो पनि पढ्नुहोस्
१. आइरन चक्की प्रकरणः विश्व बैंकले दिएको ऋण सहयोग रकममा ११ करोड भ्रष्टाचार !
२. स्वास्थ्य मन्त्रालयमा अर्को ‘ओम्नी काण्ड’, प्रधानमन्त्री कार्यालयको चाँसो
३. आइरन चक्की प्रकरणः पुरानो औषधिमा ‘नयाँ मिति प्रिन्ट’, लेखापालले भुक्तानी गर्न नमानेपछि चौरसियालाई जिम्मा
४. चार अर्बको काण्डमा स्वास्थ्यमन्त्री बस्नेत किन मौन ?
५. के गर्दैछन् डा. सुरेन्द्र चौरसिया ? आइरन चक्कीदेखि जापनिज स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारसम्म
६. स्वास्थ्य सचिव डा. रोशन पोखरलको कहाँबाट आयो करोडौंको सम्पति ?
७. कान्ति बाल अस्पतालमा सचिव डा. पोखरेल र निर्देशक डा. बसौलाको दादागिरी,यसरी गर्छन् सेटिङ
८. कान्ति बाल अस्पतालमा सचिव डा. पोखरेल र निर्देशक डा. बसौलाको दादागिरी,यसरी गर्छन् सेटिङ
९. डा. अर्जुन सापकोटाको गलत निर्णयले राज्यलाई तीन करोड घाटा, अधिकारीको पनि साथ
१०. आपूर्ती केन्द्रमा अधिकारीको ‘सेटिङ’ मा ३ करोड घोटला, अर्को कम्पनीको सस्तो समान