
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहनबहादुर बस्नेत चार अर्बको खरिद काण्डबारे मौन बसेका छन् । मन्त्री बस्नेतले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै विभिन्न सरकारी अस्पतालमा छानविन समिति गठन गरेपनि यति ठूलो काण्डमा किन मौन बसेका छन् भन्ने प्रश्न खडा भएको छ ।
मन्त्री बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कान्ति बाल अस्पता, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल लगायतका अस्पतालमा स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन गर्न समिति गठन गरिएको छ ।
तर, स्वास्थ्य सेवा विभाग अन्तरगत व्यवस्थापन महाशाखाले विभिन्न मितिमा गरिएका विवादित करिब चार अर्बको टेण्डर बारेमा भने मन्त्री बस्नेत मौन रहेका छन् ।
विभिन्न संचारमाध्यममा महाशाखाका निर्देशक डा. सर्वेश शर्मा र आपूर्ती शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाको सेटिङमा ठूलो भ्रष्टाचार भएको समाचार सम्प्रेशण गर्दै आइरहेका छन् । अनलाइन डबलीले पनि यसबारे पटकपटक समाचार प्रकाशित गरिरहेको छ ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्धा परेको छ । तर, यसबारे मन्त्री बस्नेत बेखबरजस्तै बनेर मौन बसेको विभागकै अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेले शर्मा र चौरसियलाई संरक्षण गरेकै कारण मन्त्री बस्नेत पनि निरिह बनेको स्रोतको दाबी छ । सचिव पोखरेलले नै शर्मा र चौरसियालाई सरुवा समेत गर्न नदिएको बताइएको छ ।
स्वास्थ्य सचिव डा. पोखरेलको कोर टिममध्येका नीति तथा योजना महाशाखा निर्देशक डा. कृष्ण पौडेल र गुणस्तर तथा अनुगमन महाशाखाका निर्देशक डा. मदन उपाध्यय स्वास्थ्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारका योजनाकार रहेको स्रोतको दाबी छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार डा. उपाध्ययले सप्लायर्सलाई सजिलो पार्नेगरी अस्पतालबाट माग संकलन गर्ने र डा. पौडेलले ‘ओभर स्टेमेट’ लाई स्वीकृत गरी बजेट व्यवस्थान गर्दै आइरहेका छन् । यसबारे पनि सचिव डा. पोखरेलले मन्त्रीलाई गुमराहमा राखेका छन् ।
यो पनि पढ्नुहोस्:
डा. अर्जुन सापकोटाको गलत निर्णयले राज्यलाई तीन करोड घाटा, अधिकारीको पनि साथ
बेथिति र भ्रष्टको संरक्षक बन्दै स्वास्थ्यमन्त्री बस्नेत, तहस नहसको बाटोमा स्वास्थ्य क्षेत्र
कान्ति बाल अस्पतालमा काण्ड-२ : कमिसन नपाएपछि १ करोड ९० लाखको टेण्डर होल्ड
स्वास्थ्य मन्त्रालयमा अर्को ‘ओम्नी काण्ड’, प्रधानमन्त्री कार्यालयको चाँसो
के गर्दैछन् डा. सुरेन्द्र चौरसिया ? आइरन चक्कीदेखि जापनिज स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारसम्म
कान्ति बाल अस्पतालमा सचिव डा. पोखरेल र निर्देशक डा. बसौलाको दादागिरी,यसरी गर्छन् सेटिङ
स्वास्थ्य सचिव डा. रोशन पोखरलको कहाँबाट आयो करोडौंको सम्पति ?
के गर्दैछन् डा. सुरेन्द्र चौरसिया ? आइरन चक्कीदेखि जापनिज स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारसम्म