
काठमाडौँ । कान्ति बाल अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दादागिरी मच्चाएका छन् । अस्पतालका निर्देशक डा. युवानिधी बसौलामार्फत पोखरेलले पदीय मर्यादालाई नाघेर निर्देशन दिने गरेका छन् ।
अस्पताल स्रोतका अनुसार पोखरेलले विवादित कम्पनीले सप्लाई गरेको हेमोटोलोजी एनोलाइजर र बायो–केमेस्ट्री एनोलाइजरको बिल सचिव पोखरेलले दवावमै भुक्तानी गर्न लगाएका छन् । जुन कम्पनी वीर अस्पतालमा भेन्टिलेटर खरिदमा विवादित बनेको थियो ।
सचिव पोखरेलले स्टोर किपर, लेखालाई सिधै फोन गरेर दवावमा दिएर भुक्तानी दिलाएका छन् ।
सचिव पोखरेललेका साथ पाएका अस्पतालका निर्देशक डा. बसौला पनि आफ्नो पदीय मर्यादालाई तोडेर खुला रुपमा दादागिरी मच्चाइरहेका छन् । उनले आफू खुशी निकटका सप्लायर्ससँग सेटिङमा खरिद सम्बन्धी काम गर्ने गरेका छन् ।
निर्देशक बसौलाले कमिसनको लोभमा वाइष्ट मेनेजमेन्टको मेसिन खरिदमा तेब्बर बढी मूल्य बढाएर खरिद प्रक्रिया अगाडि बढाएका छन् । जुन मेसिनको बजार मूल्य १ करोड छ । तर, बसौलाले स्पेकलक गरी ३ करोड मूल्य बनाएा छन् ।
निर्देशक बसौलाले अस्पतालका उपकरण खरिदमा नीतिगत रुपमै भ्रष्टाचार गर्ने गरेका छन् ।
अस्पताल स्रोतका अनुसार उक्त मेसिनबाट आउने २ करोड कमिसन सचिव पोखरेल र निर्देशक बसौलाले बाड्ने योजना बनाएका छन् ।
त्यसैगरी अस्पतालका ल्याब प्रमुख डा. मोनी सुवेदीलाई दवाव दिएर निर्देशक बसौलाले आवश्यक नभएको सामान समेत खरिद गर्न लगाएका छन् । सचिवको सेटिङमा निर्देशकले यस्ता नजायज दवाव दिने गरेको अस्पतालका एक अधिकारीले जानकारी दिए ।
निर्देशक बसौलाले यसबारे बुझ्न खोज्दा आरोपलाई अस्वीकार गरे ।
यो पनि