आज :

आइरन चक्की प्रकरणः विश्व बैंकले दिएको ऋण सहयोग रकममा ११ करोड भ्रष्टाचार !

  • अनलाइन डबली

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइरन चक्की खरिद प्रकरणमाथिको छानविन अगाडि बढाएको छ । अख्तियार स्रोतका अनुसार उक्त प्रकरणमा मुछिएका सरकारी अधिकारीसँग बयन लिन सुरु गरिएको छ ।

विश्व बैंकले गर्भवती महिलाले खाने आइरन चक्की किन्ने दिएको ऋण सहयोग रकममा ११ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी परेको थियो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले बजार मूल्य ४० पैसा भएको आइरन चक्कीको दोब्बर मूल्य बढाएर ८५ पैसामा नोबाजेनिटिक कम्पनीसँग खरिद सम्झौता गरेपछि उक्त प्रकरण आयोगसम्म पुगेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाको योजनामा आइरन चक्कीको मूल्य दोब्बर बनाएकोे र दुईवटा कम्पनी मात्र सहभागी हुन पाउने गरी मापदण्ड बनाएर नीतिगत रुपमै भ्रष्टाचार गरेको गरेको उजुरीकर्ताको दाबी छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सचिव पोखरेलले विश्व बैंकका एक कर्मचारीसँग मिलेर योजना बनाएको र पछि चौरसियालाई पनि सहभागी गराइएको थियो ।

त्यसपछि विभागले गत असोज १४ गते टेन्डर आह्वान गरेको थियो । अर्थमन्त्रालयले फागुन अन्तिम सातामा २० करोड निकासा दिएको थियो ।

मन्त्री नभएको र सिंगो देशको ध्यान संघ र प्रदेश चुनावमा भएको मौका छोपेर नोबाजेनिटिकसँगको मिलेमतो गरी अरु कम्पनीलाई प्रतिस्पर्धामा आउन नसक्ने मापदण्ड बनाएको नीतिगत रुपमै भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ । विभागले नोबाजेनिटिकको तर्फबाट जेएस मेडिकल फर्मासँग खरिद सम्झौता गरेको थियो ।

यसअघि तत्कालिन स्वास्थ्यमन्त्री पदम गिरीले खरिद प्रक्रिया रोक्न निर्देशन दिएका थिए । तर, मन्त्री नभएको बेला सम्झौता भएपछि सरोकारवाला अख्तियार पुगेका थिए ।

उक्त प्रकरणलाई प्राथमिकतामा राखेको अख्तियारले स्रोतको भनाई छ । आइरन चक्की प्रकरणका योजनाकारमध्येका एक चौरसियासँग बयन लिएको स्रोतको दाबी छ । तर, चौरसियाले भने आफू बयन दिन नगएको दाबी गरे । उनले आइरन चक्की आउने प्रक्रियामा रहेको बताए । अनलाइन डबलीसँग आयोगका सहप्रवक्ता देवीप्रसाद थपलियाले यो प्रकरणमाथि छानबिन भइरहेको जानकारी दिए ।

विभागकै कर्मचारीका अनुसार एक वर्षमा १० देखि १२ करोडभन्दा बढी आइरन चक्की नचाहिने तर सबै बजेट सक्ने गरी खरिद सम्झौता गरिएको बताउँछन् । सबै प्रदेशमा भएको बजेटलाई खरिद रोकेर विभागले आफूले केन्द्रबाटै खरिद गरेको हो ।

अख्तियारले छानविन सुरु गरेपनि विभागले आइरन चक्कली सम्बन्धी सम्झौतालाई अगाडि बढायो । व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले त्यसलाई टेष्टको लागि प्रयोगशालामा पठाएको बताए र विभागको स्वीकृतपछि बाँकी सम्झौता अनुसार आइरन चक्की आउने बताए ।

आइरन चक्कीको टेस्टिङ स्याम्पल आइसकेको जानकारी दिए । उनले त्यसलाई औषधि व्यवस्था विभागमा टेस्ट गर्न पठाएको र विभागको स्वीकृतपछि बाँकी सम्झौता अनुसार आइरन चक्की आउने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal