आज :

डा. अर्जुन सापकोटाको गलत निर्णयले राज्यलाई तीन करोड घाटा, अधिकारीको पनि साथ

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका तत्कालि निर्देशक डा. अर्जुन सापकोटाले कमिसनको लोभमा गरेको निर्णयले राज्यलाई तीन करोड घाटा हुने भएको छ ।

प्रदेश अन्तरगत सरकारी अस्पतालमा प्रसुती सम्बन्धी परीक्षण गर्न पोटेबल ‘कन्भेक्स अल्ट्रासाउन्ड’ खरिदमा कमिसनको चक्करमा सापकोटाले गलत स्पेक बनाएको एक अधिकारीले बताए । केन्द्रका एक अधिकारीका अनुसार सापकोटाले सप्लायर्ससँग कमिसनको लोभमा ‘माइक्रो कन्भेक्स’ स्पेकको समान माग गरेका थिए ।

माग अनुसारको समान नआएपछि अस्पतालहरुले फिर्ता पठाएपछि सापकोटाले नीतिगत रुपमै भ्रष्टाचार गरेको सार्वजनिक भएको हो । आफ्नो गल्तीलाई ढाकछोप गर्न सापकोटाले त्यही मेसिनमा प्रोव ‘PROB’ खरिद गर्ने तयारी भइरहेको छ ।

सापकोटाको सेटिङमा अहिलेका निर्देशक बसन्त अधिकारीले पनि साथ दिएको स्रोतको दाबी छ । गलत स्पेकको समानलाई अस्वीकार गर्नुको साटो डा. सापकोटाकै योजनामा नयाँ प्रोव खरिद गरेर भ्रष्टाचार काण्डलाई ढाकछोप गर्न अधिकारी पनि लागेको एक कर्मचारीले बताए ।

यस विषयमा अनलाइन डबलीसँग कुरा गर्दै निर्देशक अधिकारीले आफू आउनु भन्दा पहिले ग्रामिण अल्ट्रासाउन्ड खरिद गरिएको र केही ठाउँबाट फिर्ता भएको आफूलाई जानकारी आएको बताए । त्यसमा थप छलफल नभएको अधिकारीले दाबी गरे।

“केही ठाउँबाट समान फिर्ता भएको जानकारी पाएको छु, त्यसबारे थप छलफल भएको छैन । हामीसँग बजेट पनि छैन” अधिकारीले भने ।

तर, स्रोतका अनुसार अधिकारीले सापकोटाको बदमासीलाई बचाउने गरी नयाँ प्रोब खरिद गर्ने छलफल चलाएका छन् ।

यो पनि

डा. अर्जुन सापकोटाविरुद्ध सम्पति शुद्धिकरणमा मुद्दा, कसरी कमाए करोडौं सम्पति ?

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal