आज :

आइरन चक्की प्रकरणः पुरानो औषधिमा ‘नयाँ मिति प्रिन्ट’, लेखापालले भुक्तानी गर्न नमानेपछि चौरसियालाई जिम्मा

  • अनलाइन डबली

काठमाडौँ । विवादित आइरन चक्की प्रकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । तर, औषधि बुझ्ने, भुक्तानी र औषधि वितरणको पक्रिया अगाडि बढाइएको छ । राष्ट्रिय प्रयोगाशाबाट परीक्षण नसकिँदै आइरन चक्की वितरणको काम पनि अगाडि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले विश्व बैंकको ऋण सहयोगमा खरिद पक्रियामा ११ करोड बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरी छानविनमै रहेकै बेला विभागले भने भुक्तानीको प्रक्रिया अगाडि बढाएको छ ।

विभागको परिवार योजना शाखाले भुक्तानी गर्न नमानेपछि व्यवस्थापन महाशाखा अन्तरगतको खरिद इकाईले नै भुक्तानी गर्न सक्ने गरी टिप्पणी उठाइएको स्रोतले बतायो । भुक्तानीको लागि विभागले अर्थमन्त्रालयबाट १८ करोड रुपैयाँ पठाइसकेको बताइएको छ ।

व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले स्याम्प टेष्टको रिजल्टपछि औषधि आयत गरिने बताएका थिए । तर, विभागले टेष्टको रिपोर्ट नआउँदै चक्की बुझिसकेको थियो ।

बजारमा ४० पैसा पर्ने आइरन चक्की ८५ पैसामा विभागले नोबाजेनिटिका कम्पनीसँग खरिद सम्झौता गरेपछि यो प्रकरण विवादमा परेको थियो ।

विभाग स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि चाँडो भुक्तानी र औषधि वितरण गर्न भनेपछि कर्मचारीले रातारात फाइल अगाडि बढाएका छन् ।

पुरानो औषधिमा नयाँ मितिः

स्रोतका अनुसार आइरन चक्की पुरानो मितिमा उत्पादन गरेको तर मे महिनाको मिति प्रिन्ट गरेर विभागमा बुझाएको छ । उक्त कम्पनीको क्षमता अनुसार साढे २१ करोड आइरन चक्की उत्पादन गर्न एकदेखि डेढ वर्ष लाग्छ ।

“यतिको औषधि यति चाँडो कहाँ उत्पादन गर्न सकिन्छ, हामीले टेण्डर पर्ने निश्चित हुन भएपछि सम्झौता हुनअघिदेखि नै उत्पादन थालेका हौं” कम्पनीका कर्मचारीले स्रोतसँग भने ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य सचिव डा. रोशन पोखरलको कहाँबाट आयो करोडौंको सम्पति ?

आइरन चक्की प्रकरणः विश्व बैंकले दिएको ऋण सहयोग रकममा ११ करोड भ्रष्टाचार !

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal