
काठमाडौँ । कान्ति बाल अस्पतालको अर्को काण्डको खुलासा भएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कमिसनको चक्करमा १ करोड ९० लाखको टेण्डर दुई महिनासम्म पनि सम्झौता नगरेर बसेका छन् ।
अस्पतालमा १ सय जना सरसफाई कर्मचारी नियुक्तीको लागि बैशाख ८ गते नयाँ टेण्डर खोलिएको थियो । उक्त टेण्डर खुकुरी नेपाल नामक कम्पनीले पाएको थियो ।
अस्पताल स्रोतका अनुसार निर्देशक डा. बसौलाले २५ प्रतिशत कमिसन मागेको तर उक्त कम्पनीले नदिएपछि अहिलेसम्म सम्झौता गर्न आलटाल गरिरहेका छन् । उक्त टेण्डरमा १८ वटा कम्पनी प्रतिस्पर्धामा आएका थिए । सबैभन्दा कम रकम हालेकोले खुकुरी नेपालले पाएको थियो ।
स्रोतका अनुसार खुकुरी नेपालले कमिसन नदिएपछि हाल काम गरिरहेको श्रेष्ठ सरसफाई कम्पनीलाई निरन्तरता दिन टेण्डर अनुसार सम्झौता नगरिएको हो । निर्देशक डा. बसौलाको माग अनुसार श्रेष्ठ सरसफाईले २५ प्रतिशत कमिसन दिन तयार भएपछि नयाँ टेण्डरको सम्झौता नगरिएको स्रोतको दाबी छ ।
अस्पतालको सरसफाई जस्तो संवेदनशील कार्यको टेण्डरलाई अलपत्र पार्नु गैरजिम्मेवार कार्य हो । निर्देशक डा. बसौलाले पदीय मर्यादा तथा अख्तियारीको दुरुपयोग समेत गरेका छन् ।
यस विषयमा जानकारी लिन खोज्दा निर्देशक डा. बसौलाले सम्पर्कमा आउन चाहेनन् ।
यो पनि