आज :

कर्णालीमा ७३ लाखको लागतमा क्रिकेट मैदान बन्दै

  • अनलाइन डबली

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको कालिञ्चोकमा क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सोमबार कालिन्चोकमा क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री शर्माले क्रिकेट मैदान तोकिएको समय भित्रै गुणस्तरीय रुपमा निर्माण गर्नुपर्नेमा जोड दिए । उनले आगामी वैशाखसम्म क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गरेर क्रिकेटको राष्ट्रिय प्रतियोगिता गर्न समेत निर्देशन दिए ।

उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेशमा खेलकुदको विकास गर्न पाँच ‘प’को नीति तथा कार्यक्रम कार्यन्वयन हुँदै गएमा ९० को दशकमा नेपालको राष्ट्रिय टिममा कर्णालीको बर्चश्व रहने आशा व्यक्त गरे ।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्काले ०८१ बैशाखबाट कर्णालीका क्रिकेट खेलाडीहरुले आफ्नै मैदानमा क्रिकेट खेल्न पाउने र क्रिकेट मैदान निर्माण भएमा राष्ट्रिय स्तरका प्रतियोगिता गर्न सकिने भएकाले आजको दिन निकै स्मरण योग्य दिन भएको बताए ।
९८ लाख लागत अनुमान गरिएको क्रिकेट मैदानको ७३ लाख १८ हजार ३ सय ३७ रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता गरिएको छ । निर्माणको जिम्मा के.पी.डी.डी कन्ट्रक्सन वीरेन्द्रनगर सुर्खेतले लिएको छ ।  क्रिकेट मैदान निर्माण कार्य शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal