आज :

केन्द्रीय मानन्धर संघमा ८८ वर्षिया सुवर्ण मान मानन्धरको नयाँ नेतृत्व

  • अनलाइन डबली

वैशाख १५, काठमाडौँ । केन्द्रीय मानन्धर संघको ३३ र ३४ औं संयुक्त साधारणसभाले सुवर्ण मान मानन्धरलाई सभापति छनोट गरेको छ । काठमाडौंको थँहिटी मानन्धर गुठीका अध्यक्ष ८८ वर्षिया मानन्धरलाई दुई वर्षे कार्यकालको लागि सर्वसम्मत छनोट गरेको हो ।

संघका सभापति बाहेक कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरू ४ वर्षको लागि निर्वाचित हुने वैधानिक व्यवस्था छ । कार्यक्रममा सभापतिको लागि निर्वाचन भएपनि संघका अन्य पदाधिकारीहरुको लागि आगामी अधिवेशनमा मात्र निर्वाचन हुनेछ । त्यस्तै, विभिन्न सांस्कृतिक गतिविधिलाई नेतृत्व दिन र नेपाल सरकारको गुठी संस्थान तथा अन्य प्रशासनिक निकायसँग समन्वय गर्न धालासिक्व मानन्धर सनाः खलःबाट न्हेसः नायः सदाबहार कार्यसमितिको पदाधिकारी रहने व्यवस्था छ । न्हेसः नायःको अर्थ तत्कालीन काठमाडौंका ७ सय मानन्धरहरूको लागि वंशको आधारले नियुक्ती पाउने सर्वसम्मत अध्यक्ष हुन् ।

नेपालभाषा मंका खलःको हलमा सम्पन्न भएको कार्यक्रममा बारा जिल्लाको प्रसौनी मानन्धर गुठीलाई प्रतिनिधित्व गरेर संघमा सभापति भएका मनोज कुमार मानन्धरको कार्यावधि सकिएकोले आज नयाँ सभापतिको लागि निर्वाचन भएको हो । संघका सभापति कारणवश अमेरिकामा रहनु भएको र उहाँले उपसभापति बद्री नारायण मानन्धरलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिनुभएको आधारले आज सम्पन्न भएको साधारणसभा उपसभापतिकै सभापतित्वमा सम्पन्न भएको छ ।

देशभरका विभिन्न ठाउँबाट आ–आफ्ना गुठी, पुचः, खलः, संघ, संस्थालाई प्रतिनिधित्व गरेका प्रतिनिधिसभाका सांसदहरुबीच कार्यक्रम अवधिमा रु. एक करोड ८६ लाख, ८७ हजार ३ सय ५३ रुपियाँ १६ पैसाको वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । केन्द्रीय मानन्धर संघ २०१० माघ १० गते स्थापना भएको नेपालकै सामुदायिकतर्फ सबसे अग्रनी संस्था हो । काठमाडौंको दैसाः तःबही टोलका देवीदास मानन्धरले तत्कालीन काठमाडौंका मानन्धरहरुलाई समेटेर गठन गरेको केन्द्रीय मानन्धर संघमा कालान्तरमा देशभरकै मानन्धरहरु जोडिएका हुन् । संघमा पूर्वको धरानदेखि पश्चिमको स्याङ्जासम्म विभिन्न टोलमा सघन बसोबास गर्दै आएका मानन्धरहरुको ५८ वटा समूह आवद्ध रहेको छ ।
आज सम्पन्न भएको निर्वाचनको लागि गठन भएको निर्वाचन समितिः
१) संयोजकः पञ्चकुमारी मानन्धर । २) सदस्यः डा. भगवानदास मानन्धर । ३) सदस्यः ई. अम्बर बहादुर मानन्धर ।
केन्द्रीय मानन्धर संघको नयाँ कार्यसमितिः
१) सभापतिः सुवर्ण मान मानन्धर । २) निवर्तमान सभापतिः गोपाल कृष्ण मानन्धर । ३) उपसभापतिः बद्री नारायण मानन्धर । ४) न्हेसः नायः अमोघ नारायण मानन्धर । ५) सचिवः गजेन्द्र मान मानन्धर । ६) कोषाध्यक्षः राजेन्द्र मानन्धर । ७) सहायक सचिवः कृष्ण बहादुर मानन्धर । ८) सहायक सचिवः तुलसी काजी मानन्धर । ९) सहायक कोषाध्यक्षः प्रकाश बहादुर मानन्धर । १०) सदस्यः राजु मानन्धर । ११) सदस्यः गजेन्द्र प्रसाद मानन्धर । १२) सदस्यः जुजुकाजी मानन्धर । १३) सदस्यः विजय कुमार मानन्धर । १४) सदस्यः शैलेन्द्र कुमार मानन्धर । १५) सदस्यः सुशीला मानन्धर । १६) सदस्यः किरण कुमार मानन्धर । १७) सदस्यः कृष्णकाजी मानन्धर ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal