आज :

कान्तिपुरका अध्यक्ष कैशाल सिरोहियाविरुद्ध पक्राउ पुर्जीको विरोधमा उत्रियो काँग्रेस

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जीको विरोध जनाएका छन् । उनले त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताए ।

धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको समाचार बाहिरिएसँगै संसद भवन बाहिर सञ्चरकर्मीसँग सांसद पाण्डेले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

“अहिलेका नयाँ राजाहरुले आफ्ना विरुद्ध प्रश्न सुन्न नचाहेको, नसकेको र पूर्वाग्रहको आधारमा त्यो गरिएको हो भने त्यो कान्तिपुरको लडाइँ मात्र हुन्न, त्यो सञ्चार जगतको लडाइँ हुन्न, त्यो लडाइँ नेपाली कांग्रेसको पनि हुन्छ भन्नेमा हामी दृढ छौं” पाण्डेले भने ।

पाण्डेले गृहमन्त्री रवि लामिछानेको पनि दुईवटा नागरिकता लिएको विषय बाहिर आएको स्मरण गर्दै सिरोहियाको विषय अनुसन्धानबाट छिनोफानो हुने उल्लेख गर्दै पूर्वाग्रह राखेर प्रश्न उठाएकै भरमा प्रश्नको घाँठी निमोठ्न खोजिए सह्य नहुने बताए ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको र जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पूर्जी जारी गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal