आज :

घरेलु मैदानमा मुम्बई इन्डियन्स १८ रनले पराजित

  • अनलाइन डबली

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको होडबाट बाहिर रहेका थिए ।

जितसहित लखनऊले तालिकामा १४ अंक बनाए पनि माइनसमा रनरेट हुँदा तालिकाको छैटौं स्थानमा रहेको छ । मुम्बईले भने ८ अंकका साथ तालिकाको १० औं स्थानमा रहेर यो आइपीएल सिजन पूरा गरेको छ ।

मुम्बइको वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । जवाफमा मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९६ रनमात्रै बनाउँदा १८ रनले पराजित भयो ।

लखनऊको पारिको सुरुवात भने राम्रो रहेन । लखनऊका देवदत्त पडिक्कल गोल्डेन डकको सिकार बने । त्यसपछि मार्कस स्टोइनिस र कप्तान केएल राहुलले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे । तर, पियुष चावलाले ४९ रनको स्कोरमा स्टोइनिसलाई आउट गरे । उनी २८ रन बनाएर पभेलियन फर्किए । चौथो नम्बरमा ब्याटिङमा आएका दीपक हुड्डाले मात्र ११ रन बनाएर आउट हुन पुगे ।

त्यसपछि निकोलस पुरनले मोर्चा सम्हालेका थिए । २९ बलको सामना गर्दै ७५ रनको महत्वपूर्ण पारि उनले खेले । यस खेलमा पुरनले १९ बलमा अर्धशतक बनाएका थिए । यस क्रममा उनको ब्याटबाट पाँच चौका र आठ छक्का निस्केको थियो । उनलाई नुवान तुषाराले आउट गरेका थिए ।

सोही क्रममा कप्तान केएल राहुल ४१ बलमा ५५ रन बनाएर आउट भए । यी दुईबीच चौथो विकेटका लागि १०९ रनको साझेदारी भयो । पियुष चावलाले राहुललाई पभेलियन पठाए । यस खेलमा अरशद खान खाता नखोल्दै आउट भए भने आयुष बडोनी र क्रुणाल पाण्ड्याले क्रमशः २२ र १२ रन बनाएर नटआउट रहे ।

मुम्बईका लागि नुवान तुषारा र पियुष चावलले समान ३–३ विकेट लिए ।

लक्ष्य पछ्याउँदा मुम्बई इन्डियन्सले बलियो सुरुवात गरेको थियो । ओपनिङमा ब्याटिङमा आएका रोहित शर्मा र डिवाल्ड ब्रेभिसले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरे । उक्त साझेदारीलाई  नवीन उल हकले तोडेका थिए । उनले नवौं ओभरमा डेवाल्ड ब्रोभिसलाई आउट गरेका थिए । उनले २० बलमा २३ रन बनाउन सके । यसपछि सूर्य खाता नखोलेर पभेलियन फर्किए । रोहित शर्माले ६८ रन बनाउन सफल भए । उनले १७८.९४ को स्ट्राइक रेटमा १० चौका र तीन छक्का प्रहार गरे ।

हार्दिक पाण्ड्याले १६ रन, नेहल बढेराले एक र इशान किशनले १४ रन बनाए । लखनउविरुद्ध नमन धीरले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा अर्धशतक बनाए । यस खेलमा उनले ६२ रन बनाएर नटआउट रहे । उनले चार चौका र पाँच छक्का प्रहार गरे । रोमारियो शेफर्ड एक रन बनाएर अविजित रहे ।

लखनउका रवि बिश्नोई र नवीन उलाहकले समान २–२ विकेट लिए । यस्तै क्रुणाल पाण्ड्या र मोहसिन खानले समान १ विकेट लिए ।

आइपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंग्लुरु र चेन्नई सुुपर किंग्स भिड्दै छन् । चेन्नई १२ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ भने चेन्नई १४ अंकका साथ चौथो स्थानमा छ ।

आजको खेलमा बेंग्लुरुले फराकिलो अन्तरले जित निकाल्न सके अन्तिम चारमा रहेर प्लेअफ खेल्ने अवस्था बन्ने छ भने चेन्नईको जितले चेन्नई नै प्लेअफमा रहने छ । अहिलेसम्म प्लेअफका लागि तीन टिमको टुंगो लागि सकेको छ । कोलकाता नाइटराइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद शीर्ष तीन स्थानमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal