आज :

कृषि विकास बैंक कर्मचारी संगठन नेपालद्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  • अनलाइन डबली

कृषि विकास बैंक को ५७ औं वाषिर्कोत्सवको उपलक्ष्यमा कृषि विकास बैंक कर्मचारी संगठन नेपाल द्वारा मिति २०८१ बैशाख २१ गते Fitness Park Badminton Academy Basundhara मा कृषि विकास बैंक लि. का आन्तरिक तथा भु.पु. कर्मचारीहरु र अन्तर बैंक तथा वित्तीय संस्थान रास्ट्रीय प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त प्रतियोगिता मिति २०८१ बैशाख १९ देखी २१ सम्म सन्चालन गरिएको थियो । संगठनका अध्यक्ष ईन्द्रमणी घिमिरे र कृषि विकास बैंक लि.का. प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ज्यु ले एक- आपसमा ब्याडमिन्टन खेलेर उक्त प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा बैंक को आन्तरिक खेल अन्तर्गत मेन्स सिङ्गल , मेन्स डबल , वुमेन्स सिङ्गल , भेट्रान्स गरि ४ वटा र अन्तर बैंक तथा वित्तीय संस्थान मेन्स डबल इभेन्ट्स गरि जम्मा ५ वटा ईभेन्ट्स मा खेल खेलाइएको थियो ।

अन्तर बैंक तथा वित्तीय संस्थान मेन्स डबल इभेन्ट्स अन्तर्गतको प्रथम पुरस्कार भने ADBL को Team A का बिनय कुमार पाण्डे र राज कुमार निरौला प्राप्त गरेका छन भने दोस्रो पुरस्कार RBBL Team A का गुप्त के.सि. र हरिकृष्ण बिस्ट ले प्राप्त गरेका छन । त्यसै गरि तृतीय पुरस्कार भने २ वटा टिम ADBL Team C का (टक्कर कुंवर + दिनेश न्याैपनने ) र RBBL Team B का लाल बहादुर थापा + सुबिन्द्र महर्जन ले प्राप्त गरेका छन । उक्त प्रतियोगितामा कृषि विकास बैंक , रास्ट्रीय बाणिज्य बैंक , नेपाल रास्ट्र बैंक , बिमा प्राधिकरण , नागरिक लगानी कोष , संचय कोष र नेपाल बैंक लिमिटेड का जम्मा १६ वटा Team को सहभागिता रहेको थियो ।


त्यसै गरि प्रतियोगितामा बैंक को आन्तरिक खेलहरु तर्फ मेन्स सिङ्गल , मेन्स डबल , वुमेन्स सिङ्गल र भेट्रान्स गरि ४ वटा इभेन्ट्स खेलाइएको थियो । भेट्रान्स अन्तर्गतको ईभेन्ट्समा भने ४५ वर्ष नाघेका र भु. पु . कर्मचारीहरु लाई समेटिएको थियो । मेन्स सिङ्गल ईभेन्ट्स तर्फ प्रथम द्वितीय र तृतीय क्रमशः टक्कर कुवर , राज कुमार निरौला ,विनय कुमार पाण्डे र दिनेश न्याैपाने भएका छन । सो इभेन्ट्स अन्तर्गत ५१ खेलाडीले सहभागिता जनाएका थिए ।

मेन्स डबल इभेन्ट्स मा भने प्रथम द्वितीय र तृतीय स्थान क्रमशः विनय कुमार पाण्डे +राज कुमार निरौला , रमन राई +राजु के.सि. , सम्झौता तामाङ + भिम चौधरी , दिनेश न्याैपाने+ लौटन चौधरी ले प्राप्त गरेका छन । तस्तै वुमन सङ्गल ईभेन्ट्स तर्फ प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्नेमा क्रमशः प्रतीक्षा नेपाल , श्रेया श्रेस्ठ , जमुना के.सि. र सुनिता यादव रहेका छन । भेट्रान्स डबल ईभेन्ट्स तर्फ भने प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः सन्जय राज श्रेष्ठ + रमेश कुमार अर्याल , हिरा बहादुर आले + वसन्त थापा , बल बहादुर साउद+ राम कुमार खड्का , प्रशान्त बहादुर श्रेष्ठ +बुद्धि बस्नेत ले प्राप्त गरेका छन । प्रतियोगिताको पुरस्कार वितरण भने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ज्यू , संगठनका अध्यक्ष ईनद्रमणि घिमिरे ,वरिष्ठ उपाध्यक्ष किरण फुयाल ,उपाध्यक्ष गिता नेपाल र देवीकला शर्मा र संगठनका महासचिव राजु भट्टराई ले गर्नु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal