आज :

श्याम ज्यापुको पौभाः कला पाटन संग्रहालयमा प्रदर्शन

  • अनलाइन डबली

काठमाडौँ । योङ्ग पिकासो कला र कलाकारहरुको खाोजी ,सम्मान ,सम्र्वद्धन र कला श्रृजनाकै माध्यमबाट आर्थिक रुपमापनि उठाउन लागिपरेको एउटा अभियान हो । यसका प्रवद्र्धक तथा निर्देशक हुन , अजय देशार । उनै अजय देशारको प्रवद्र्धकत्वमा यहि बिहिवारदेखि चित्रकार श्याम ज्यापुको पौभा चित्रकलाको एकल प्रदर्शनी पाटन संग्रहालयमा शुरुभएको छ । निशुल्क प्रवेश सहित पाटन दरवार संग्रहालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरानाले प्रदर्शनीको समुद्घाटन गर्नुभयो । कलाकार ज्यापुले ३ दशक अघि देखि कोर्नुभएका तारा, बसुन्धरा , बज्रयोगिनी , वज्रवाराही आर्यतारा , लोकेश्वर जस्ता नारी पात्रका बौद्ध देवी पौभाका कला संग्रहालयमा प्रदर्शनीमा राखिएका छन् ।
राजदूत पाथिरानाले क्यानभासमा चित्र कोर्दै प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । समारोहमा सम्बोधन गर्दै पाथिरानाले नेपाल र श्रीलंकको सम्बन्ध सांस्कृतिक र ऐतिहासिक रुपमा जोडिएको बताउनुभयो । बुद्ध धर्मसँग सोझै जोडिएको पौभा चित्र नेपालको शान रहेको बताउँदै पाथिरानाले आगामी दिनमा नेपाल र श्रीलंकाको सम्बन्ध कला र संस्कृतिले जोड्न सक्ने बताउनुभयो ।
नेपालमा विगत लामो समयदेखी नेपाली कलासँग सम्बन्धित कार्यक्रममा नेपालस्थित श्रीलंकालीे राजदूतावास सहभागी हुने पाइरहेको बताउदै राजदूत पाथिरानाले श्रीलंका र नेपालको सम्बन्ध कलाको आदानप्रदानबाट थप उचाइमा पुग्ने धारणा राख्नुभयो ।
पौभा चित्रकार श्याम ज्यापूले आफ्नो जीवनको चित्रकलाको लामो यात्रामा यो प्रदर्शनीले छुट्टै महत्व राख्ने बताउनुभयो । नेपालको मौलिक पौभा चित्र कोर्ने चलन विस्तारै हराउँदै गएको वर्तमान समयमा प्रदर्शनीले पौभा चित्रकलाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने चित्रकार ज्यापूले विश्वास थियो ।
आयोजक संस्था योङ्ग पिकासोका निर्देशक अजय देशारले नेपाली मौलिक चित्रकलामा पौभा चित्रकला महत्वलाई उजागर गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । चित्रकार देशारले कलाकारको आर्थिक जीवनलाई समृद्ध बनाउन चित्रकला व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा राजदूत पाथिराना सहित पाटन संग्रहालयकी कार्यकारी निर्देशक मञ्जु सिंह, सातुआकी प्रतिभा समाजका सचिव किरण शाक्य, खजुरिको प्रमुख जगन्नाथ महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्व अध्यक्ष अजरमान जोशी, वुद्धधर्मका अध्ययनकर्ता शाक्य सुरेन, चित्रकार उदयचरण श्रेष्ठ, समुद्रमानसिंह श्रेष्ठसहित चित्रकार र कलाकारहरुको बाक्लो उपस्थिति थियो ।
बैशाख २२ गतेसम्म प्रदर्शनीमा राखिएको चित्रकार ज्यापूले सिर्जना गरेका ३२ वटा पौभा चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal