आज :

राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता, काँग्रेस, एस र राप्रपाका नेताहरु चिन्तित

  • अनलाइन डबली

काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो ।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा पेश गर्न समय दिए । त्यसपछि मर्यादापालकको सुरक्षा घेरामा उभिएर गृहमन्त्री लामिछानेले सो विधेयक पेश गरे ।

त्यसपछि सभामुखले विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको घोषणा गरेपछि विधेयक फिर्ता भयो ।

तर, सो विधेयकबारे सभामुखले सांसदहरुको ध्यानाकर्षण गराउँदा सदनमा प्रतिपक्षी बेञ्चमा बसेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र हात उठाएर असहमति जनाएका थिए ।

त्यस क्रममा प्रमुख विपक्षी नेपाली कांग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले पनि उठेर विरोध गरिरहँदा सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए । तर, सभामुख घिमिरेले विधेयकको विपक्षमा विरोधको मत नआएको भन्दै बहुमतले विधेयक फिर्ता लिएको घोषणा गरे ।

यो विधेयक फिर्ता गरेर सरकारले पार्टी फुटाउन सहज बनाउन लागेको विपक्षी र सत्तापक्ष नेकपा एकीकृत समाजवादीका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । तत्कालिन देउवा नेतृत्वको सरकार एमाले विभाजन गर्न सजिलोको लागि अध्यादेशमार्फत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेका दल विभाजन गर्न पाउने व्यवस्थाकै कारण माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।

सरकारले विधेयक फिर्ता लिएर अध्यादेश वा सहज हुने प्रावधान राखेर प्रस्तुत गर्ने काँग्रेसले आशंका व्यक्त गरेको छ ।

काँग्रेससँग राप्रपामा पनि यो शंका बढेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहेक आन्तरिक समस्या भएका सबै दलका नेताहरुलाई आफ्नो पार्टी फुट्ने चिन्ताले सताउन थालेको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal