आज :

कान्तिपुरका अध्यक्ष सिरोहियालाई आफ्नै कार्यकक्षमा, गिरफ्तार गरेरै छोड्ने प्रहरीको तयारी

  • अनलाइन डबली

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षमै घेराउ गरेको छ । सादा पोशाकका प्रहरी अधिकारीहरुले सिरोहियालाई कार्यकक्षबाटै पक्राउबारे परामर्श गरिरहेका छन् ।

अध्यक्ष सिरोहियाले आफूलाई कानुनी परामर्शको लागि भन्दै समय मागेका छन् । प्रहरीले पनि कानुन व्यवसायीसँग परामर्श गर्न अनुमति दिएको छ ।

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै छ ।

सिरोहियाले प्रहरीसँग जान तयार भएका छैनन् तर प्रहरीले ल्याएर नफर्किने बताएको छ ।

पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको बताए । उनले निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको बताएका छन् ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal