आज :

मकवानपुरको ऋषेश्वर सामुदायीक वनमा फडानी जारी, स्थानीयलाई गाउँ प्रवेशमा निषेध

  • अनलाइन डबली

हेटौडा । मकवानपुरको बकैया गाउँपालिकास्थित ऋषेश्वर सामुदायिक वनमा अन्धाधुन्धा फडानी भइरहेको छ । फडानीमा सामुदायीक वन समितका पदाधिकारीले साथ दिइरहेका छन् ।

वनफडानी र काठ तस्करीको मनपरीविरुद्ध युवाहरुले विरोध गरेपछि वनकै कर्मचारीको अगाडि नै कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएका थिए । उनीहरुलाई विरोध नगर्न र मिडियालाई वन फडानीको सूचना नदिन चेतावनी दिइएको थियो ।

वन फडानीको विरोध गर्ने स्थानीयलाई गाउँ प्रवेशमा समेत रोक लगाइएको छ । यतिसम्मकी विरोध गर्ने स्थानीय बजार जाने र फर्किन समेत नदिइएको एक स्थानीयले बताए । उनका अनुसार काठ तस्कर तथा चोरबाबु भनेर चिनिने गुण्डा नाइके बाबु लामाले स्थानीयलाई नुनतेल ल्याउन बजारसम्म जानआउन समेत रोक लगाएका छन् । उनले स्थानीयको लागि बाटो नै बन्द गरिदिएका छन् ।

“चोरबाबुको घर नकिकैको बाटो हुँदै हामीले नुनतेल ल्याउन बजार जानुपर्छ । उनले हामीलाई यो बाटो हिडे मारिदिने धम्की दिन्छ । हाम्रो त नुनतेल ल्याउने बाटो नै बन्द गरिदिए” एक स्थानीयले भने ।

तस्कर र गुण्डाहरुले आफूहरुले यसअघि माओवादीको एक नेतालाई काटेको बताउँदै आफूहरुविरुद्ध बोल्नेलाई ठिक पार्ने धम्की दिइरहेको एक स्थानीयले बताए । “हामीले माओवादीको नेता काट्द त केही गर्न सकेनन्, तिमिहरु को हो ?” भन्दै तस्करले स्थानीयलाई धम्काइरहेको उनले बताए ।

स्थानीय उपभोक्तालाई बाटो छेक्दै रामसिंह मोक्तान, कुनसाङ मोक्तान, रामसिङ मोक्तानको भतिजोले निरन्तर धम्क्याउने गरेको बताउँछन् ।

सोही सामुदायिक वनमा भएको कटानी र तस्करी रोक्न माग गर्दै स्थानीय युवाहरुले वन तथा वातावरण मन्त्रालयमा निवेदन दिएका थिए । निवेदन दिए पश्चात पनि जंगलको रुख कटानी गर्ने र काटेर राखेको रुखहरू रातारात अन्यत्र तस्करी गर्ने गरेको स्थानीयको दाबी छ ।

यसअघि २०७७ चैत्र २७ गते नै युवाहरुले वन डिभिजन कार्यालय मकवानपुरमा वन फडानी रोक्न निवेदन दिएका थिए । निवेदनपछि जिल्ला वन अधिकृतले छानबिनका लागि कर्मचारी पठाएका थिए । तर, अबैध वन फडानी अहिलेसम्म नरोकिएको स्थानीयको गुनासो छ ।

उक्त सामुदायीक वनबाट हालसम्म ६ हजार ६ सय भन्दा बढी सालका रुखहरु फडानी र तस्करी भएको स्रोतले जनाएको छ । तत्कालिन वन अध्यक्ष मानबहादुर मोक्तानको पालादेखि अहिलेसम्म भएका वन अध्यक्ष र ठेकदार तोकबहादुरको मिलेमतोमा वन समितिको लेटर प्याड प्रयोग गरी अनाधिकृत रुपमा वन फडानी र तस्कर हुँदै आइरहेको पाइएको छ ।

उपभोक्ता समितिका वन कर्मचारी र उपभोक्ता समितिको समेतको मिलेमतोमा फडानी र काठ तस्करी तीब्र भएकोले वन तथा भू-संरक्षण मन्त्रालय यसअघि नै युवाहरुले निवेदन दिएका थिए । स्थानीयले वन फडानीमा संलग्न समितिका पदाधिकारी र तस्करमाथि कारवाहीको माग समेत गरेका छन् ।

स्थानीय शुक्रराज वाइवाले २०६६ देखि ७७ सालसम्मको अनुसन्धानको प्रतिवेदनले ६३३७ रुख तस्करी गरेको देखाएको बताउँदै वन फडानी रोकी कारवाहीको माग गरेका छन् ।

 यी हुन् वन फडानीमा संलग्नहरुः

– मानबहादुर मोक्तान (२०६६ सालको उपभोक्ता बन समिति अध्यक्ष )

– आइतमान जिम्बा (मानबहादुर पछि २०७७/०७८ सालसम्मका वन उपभोक्ता समिति अध्यक्ष)

– नरबहादुर बास्कोटा (हालका अध्यक्ष)

– दुर्गाबहादुर स्याङ्तान (सचिव)

– कुन्साङ मोक्तान

– तोकबहादुर स्याङ्तान (ठेकेदार) ।

यसैबीच समितिका अध्यक्ष नरबहादुर बास्कोटाले आफूहरुले अनुमति लिएर कटानी गरेको बताए । उनले पुराना र खेर जाने रुखहरु काटेको जानकारी समेत दिए । उपभोक्ताहरुको आवश्यकता अनुसार रुख काटेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal