आज :

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई मन्त्री चौधरीले गरिन् राहत वितरण

  • अनलाइन डबली

सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।

महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।

प्रति परिवारका दरले २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्याण्ड फ्यान,  स्टेशनरी र पेश १ सेट, १ बण्डल जस्ता पाता,  १ सेट डिग्निटी किट, १ सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको हो ।

यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी आगलागि पिडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा/गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो । इटहरी ७ का वडा सदस्य दिपक घिमिरेले  सहयोग ब्यावस्थापन गर्नुभएको थियो ।

गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षती भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal