
काठमाडौँ, जेठ ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितकाे राजनीतिक व्यवस्था परिवर्तन भएता पनि पूर्ण शान्ति प्राप्तिको निमित्त युगकवि सिद्धिचरण श्रेष्ठको जस्तो जीवन ,आदर्श उहाको कृतिहरुको हामिसबैको लाइ मार्गदर्शनका रुपमा जरुरि रहेको बत्ताउनुभएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीकाे उपलक्ष्यमा धर्मपथमा रहेको सालिकमा माल्यार्पण गर्नुहुँदै उहाँले भएको उहाँले सो धारणा राख्नुभएको हो ।
निरंकुस सत्ताको त्यस बेला जनताको बोलिलाइ युगको बोलीमा शान्तिको अस्त्र प्रयोग गरेर भएको परिवर्तन क्रान्ति नै उर्जाको आवाज भएको मन्त्री तामाङले बत्ताउनुभयो ।
युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुङ्गाको ओखलढुङ्गा बजारमा भएको हो ।
स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिनुहुन्छ ।
युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाउनुभएको थियो । उहाँको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा छन् । त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् ।
युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।