आज :

विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित

  • अनलाइन डबली

काठमाडौं । विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो ।

सुरुका दुई खेल भने नेपालले जितेको थियो । भोलक्यानोजले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ ओभरमा सबैै विकेट गुमाएर १३८ रनमात्रै बनाउन सक्यो ।

नेपालका कप्तान रोहित पौडेलले ३६ बलमा ५३ रनको अर्धशतकीय पारि खेल्दा आसिफ शेखले ११ बलमा २४ रन बनाए । यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहोरा र ललितनारायण राजवंशीलाई विश्राम दिइएको थियो ।

नेपालविल्द्ध टस जितेर पहिले ब्याटिङ गरेको भोलक्योजले २० ओभरमा २ सय ५ रन बनाएको थियो । उसका लागि डीलोन डगलासले ३२ बलमा ५६ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले चार तथा सोमपाल कामीले तीन विकेट लिए ।

वेस्टइन्डिजको अभ्यासपछि आज नेपाली टिम अमेरिका प्रस्थान गर्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal