आज :

सक्रिय युवा समूह र ग्री नभिलेज सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • अनलाइन डबली

कीर्तिपुर। सक्रिय युवा समूह र ग्री नभिलेज सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कीर्तिपुर–४ स्थित स्कूलको आफ्नै प्रांगणमा सम्पन्न कार्यक्रममा २२ सय जनालाई स्वास्थ्य परीक्षण तथा अत्यावश्यकीय औषधी वितरण गरिएको थियो।
काठमाडौँ मेडिकल कलेज, शिक्षण अस्पताल सिनामंगल र स्पार्क फिजियोथेरापी हाई भिजन थानकोटको प्राविधिक सहयोगमा स्थानीयलाई निःशुल्क जाँचपछि उपचार परामर्श र आवश्यक औषधी वितरण समेत गरिएको थियो।

सक्रिय युवा समूहका अध्क्षय विजय शाहीले अग्रसरतामा संचालित यस शिविरमा जनरल मेडिसिन, नाक कान घाँटी, साधारण शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग, फिजियोथेरापी, आँखा परीक्षण, स्त्री रोग, बाल रोग र दन्त रोग परीक्षण गर्नुका साथै युरिक एसिड, अल्ट्रा साउण्ड, युरिया र गर्भावस्थाबारे पनि जाँच सेवा प्रदान गरिएको शिविरमा स्थानीय ज्येष्ठ नागरिक, महिला, युवा तथा बालबालिकाको पनि उत्साहपूर्ण सहभागिता रहेको थियो भने सेवाका लागि स्थानीय युवा, शिक्षक–शिक्षिका साथै जनप्रतिनिधिहरुको समेत सक्रियता रहेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal