आज :

दिगोले आयोजना गरेको नेपालको पहिलो व्यावसायिक विद्युतीय सवारीसाधनको ‘कर्निवल’ सम्पन्न 

  • अनलाइन डबली

काठमाडाैँ । नेपालमा बिध्युतिया सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा आयोजित दिगो अटो कार्निभल २०२४ को सफल आयोजनासँगै देशमा बिध्युतिया सवारीसाधनको यात्रालाई थप गति दिएको छ। दिगोको अनुसार सो कर्निवालमा ३०० भन्दा बढी व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरुको उपस्तिथी रहेको थियो । सोहि कर्निवलबाट दिगोले ५ वटा ११ सिटर ईभी भ्यान DFSK Danfe को हस्तान्तरण गरेको र ३३ वटा गाडीको बुकिङ्ग भएको जनाएको छ ।

कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रह्यो, जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ बिध्युतिया सवारीसाधनसँग अदलवदल गर्न सक्ने सुविधा पाएका थिए। यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, एकचेन्जमा थप मूल्याङ्कन, ईन्सुरेन्स र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराएको थियो।

कर्निवालमा बिध्युतिय गाडीको बिक्रि साथै व्यबसायिक गाडीहरु भाडामा लिन मिल्ने सुविधा पनि दिगोले प्रदर्शन गरेको थियो जसमा ग्राहकले रु ५ लाख धितो राखेर मासिक १ लाख २५ हजारमा ५ वर्ष सम्म भाडामा लिएर ५ वर्ष पछि थप ५ लाख हालेर गाडी आफ्नै बनाउन मिल्ने छ । यस स्किम अन्तर्गत मोटर र ब्याट्रीमा आउने समस्या सबै कम्पनीले नै बेहोर्ने पनि दिगोले जनाएको छ । गाडी फिर्ता गर्दा भने ग्राहकले राखेको धितो पनि फिर्ता हुनेछ ।

चार दिनसम्म चलेको यस कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न बिध्युतिया गाडीहरूको प्रदर्शनी गर्यो। सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाए, जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्‍यो। टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर्स प्रदान गरिनु पनि कार्निभलको अर्को प्रमुख आकर्षण रह्यो।

यस कर्निवलको आयोजना दिगोले आफ्नो राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्ससँग गरेको थियो । दिगो ग्रुपले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने र देशभर बिध्युतिया सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

दिगोको राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका निर्देशक प्रविन खतिवडाले कर्निवल सफल भएको खुशी ब्यक्त गर्दै भने “हामीले पहिलो पटक आयोजना गरेपनि राम्रो मात्रामा बुकिङ्ग लिन सफल भएको छौँ । साथै ५ वटा गाडीको हस्तान्तरण पनि गरेको छौँ । यस कर्निवालमा उपस्थित हुनुभएको सबैजना प्रति हामी निकैनै आभार छौँ ।”

संगसंगै दिगो ग्रुपका संस्थापक राजन रायमाझीले भने, “दिगोले गाडीको बिक्रि मात्र नभई पूर्वाधारमा लगानी साथै ग्राहकलाई सुविधा दिनमा बढी केन्द्रित छ। यसै कारणले होला हामीलाई बजारले त्यतिनै मायाँ गर्नुहुन्छ । यस्तो कर्निवल अब दिगोले बार्षिक आयोजना गरिरहने छ ।

दिगो ग्रुपको ई-स्टप स्टलमा सहभागीहरूले बिध्युतिय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर पाए। यसले दिगोको बिध्युतिया सवारीसाधन बजारमा मात्रै नभई चार्जिङ इन्फ्रास्ट्रक्चरमा पनि लगानी गरिरहेको देखाउँछ।

दिगो अटो कार्निभलले नेपालमा बिध्युतिया सवारीसाधनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस कार्निभलले न केवल पुराना सवारीसाधनलाई वातावरणमैत्री नयाँ सवारीसाधनमा अदलवदल गर्ने अवसर प्रदान गर्‍यो, तर दिगो यात्रामा सहभागी हुनका लागि ग्राहकहरूलाई प्रोत्साहित गरेकाे कम्पनीले विश्वास लिएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal