आज :

कुर्स्कमा युक्रेनी सेनाको एक महिनाः रुसी सेनाले दुई गाउँबाट युक्रेनी फौजलाई लखेट्याे, आत्मसमर्पण गर्दै

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनी सेना रसिया फेडेरेसनको भूमिमा प्रवेश गरेको एक महिना पूरा भएको छ । एक महिना पहिले युक्रेनी सेना नेटो सेनाको सहयोगमा कुर्स्कमा प्रवेश गरेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुस्र्क क्षेत्रमा प्रवेश गरेर अमेरिकाको चुनावअघि नै रुसलाई वार्ताको लागि दवाव सिर्जना गर्न चाहेका थिए । तर, यसमा जेलेन्स्की यसमा असफल भएका छन् । उनले युद्धलाई रोक्न र रुसलाई वार्ताको लागि बाध्य पार्न सो क्षेत्रलाई कब्जामा लिएको सार्वजनिक रुपमा बताउँदै आएका छन् । उनले सो क्षेत्रमा आफू लामो समय कब्जा गर्न नचाहेको समेत बताएका छन् ।

तर, उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वार्तालाई सिधै अस्वीकार गरिदिएका छन् । रुसी अधिकारीहरुले कुनै विदेशी सैनिक आफ्नो भूमिमा पाइला टेकेको बेला कुनै वार्ता नहुने स्पष्ट पारेपछि जेलेन्स्कीलाई कुर्स्क निल्नु न ओकल्नु बन्दै गएको छ । अग्रमाेर्चामा रहेका युक्रेनी फाैजले भटाभट आत्मसमर्पण गरिरहेका छन् ।

अमेरिका र नेटो आवद्ध देशले दिएको हतियार र लडाकुको सहयोगमा युक्रेनी सेना कुस्र्कमा प्रवेश गरेको थियो । रुसले युद्धको तयारी नगरेका कारण युक्रेनी सेना सुरुका दिनमा कुर्स्कमा विभिन्न गाउँलाई नियन्त्रणमा लिन सफल भएका थिए । पश्चिमा मिडियाहरुले बताएअनुसार युक्रेनी सेनाले एक महिना बित्दा समेत कुर्स्कमा सफलता हात पार्न सकेका छैनन् । बरु उल्टै युक्रेनी सेना एकपछि अर्को असफल हात पार्दै गएको छ ।

एक हप्तासम्म कुस्र्कमा लडेर रेष्ट क्षेत्रमा पुगेका एक कमाण्डरका अनुसार युक्रेनी सेनालाई सुरुमा पुगेको क्षेत्रबाट पछाडि लखेट्न रुसी सेना सफल भएको छ । अहिले रुसी सेनाले दुईवटा गाउँ युक्रेनी सेनाको नियन्त्रणबाट मुक्त गराइसकेको छ भने रुसी सेना अन्य क्षेत्रबाट पछि लखेट्दै अगाडि बढिरहेको छ ।

कुर्स्क क्षेत्रमा रुसको आणविक उर्जा केन्द्रसम्म पुगेर दवाव सिर्जना गर्ने मिसनमा युक्रेनी सेनालाई अहिले धक्का लागेको छ । रुसी सेनाले उक्त उर्जा केन्द्रको सुरक्षाको लागि तीन सुरक्षा घेरा तयार पारेको छ । जहाँ युक्रेनी सेना प्रहार गरेका सबै खाले हमला रुसी सेनाले असफल पारिदिएको छ ।

नेटोको सहयोगमा कुर्स्क क्षेत्रमा प्रवेश गरेसँगै रुसी सेनाले पूर्वी क्षेत्रमा हमला तीब्र बनाउँदै अगाडि बढिरहेको छ । रुसी सेनाले पछिल्लो पटक राजधानी किभलगायत मुख्य शहरमा ठूलो हवाई हमला गरेको छ । रुस सरकारी संचारमाध्यम आर.टी.का अनुसार रुसी सेनाहरू डोनबासमा द्रुत गतिमा अगाडि बढिरहेका छन् । युक्रेनी सेनाले डोनेट्स्क जनवादी गणतन्त्र (डीपीआर) धेरै बस्तीहरू गुमाएका छन् भने विना प्रतिरोध आत्मसमर्पण गरेका छन् ।

अहिले लडाइँ टोरेत्स्क (पहिले जर्जिन्स्क) शहर र सेलिडोभो नजिकै केन्द्रित छ । समग्रमा, युक्रेनले अगस्टमा मात्रै ४०० वर्ग किलोमिटरभन्दा बढी भूभाग गुमाएको छ । रुसी सेनाले पश्चिमा देशहरुले दिएका हतियार गोदामहरू ध्वस्त पारेपछि युक्रेनी सेना पछि हट्न बाध्य भएकाे छ ।

कुर्स्कमा युक्रेनीलाई अगाडि बढ्न रोकेको रुसी सेनाले पूर्वी युक्रेनमा एकपछि अर्को सफलता हात पार्दै अगाडि बढिरहेको छ । युक्रेनी सेनामा चरम अभाव र संकट पैदा भएको छ । रुसले पूर्णस्तरका हमला अझै नगरेको अधिकारीहरुले बताएका छन् ।

युक्रेनले कुर्स्कमा रुसी नागरिकलाई ढालको रुपमा प्रयोग गरेको छ । तर, रुसी सेनाले अहिलेसम्म युक्रेनीलाई नागरिकलाई त्यो नगरेको बताइएको छ । आफ्नो नियन्त्रणमा रहेका गाउँ तथा बस्तीमा नागरिकको दैनिकी सामान्य रहेको रुसी अधिकारीले बताएका छन् ।

अहिलेसम्मकै बलियो भनिएको अमेरिकी एफ–१६ लाई रुसी सेनाले सजिलै खसालिदिएपछि नेटोले लामो दूरीका क्षेप्यास्त्र दिने तयारी गरिरहेको छ । उता रुसले भने त्यस्ता हतियारले आफ्नो भूमिमा प्रहार भए त्यसको कडा जवाफ दिने चेतावनी दिइसकेको छ ।

याे पनि पढ्नुहाेस्

1.रूसकाे कुर्स्स क्षेत्रमा अमेरिकी सैनिक लडिरहेको पुष्टि, अब रुस र अमेरिका आमनेसामने 

2. कुर्स्कमा प्रवेश गरेका युक्रेनी सेना भटाभट आत्मसमर्पण गर्दै, मस्कोतिर प्रहार गरिएका सबै ड्रोन नष्ट

3. कुर्स्कमा नेटाे सेना प्रवेश गरेको अमेरिकी सेनाका कर्णेलद्वारा खुलासा, रूसले लखेट्न सुरू गर्याे

4. अमेरिकाले युक्रेनलाई दिएकाे F-16 लडाकु विमान रुसले खसाल्यो, नेटोमा हलचल

5. युक्रेनको पोल्टाभामा रुसले गर्याे मिसाइल हमला, नेटाेले भन्याे- रूसकाे मिसाइल खसाल्न मिल्दैन

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal