आज :

शितलामा शैक्षिक सामग्री वितरण

  • अनलाइन डबली

काठमाडौँ । हिमालय फ्रेण्ड्स इ.भि. जर्मनीको आर्थिक सहयोगमा शितला मााध्यमिक विद्यालयका ७५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा स्टेशनरी सामान २०८१ भाद्र १५ गते शनिवार एक भब्य कार्यक्रमका वीच वितरण गरेकोछ । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीमती शारदा सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष मार्गिट इगम्यानले पठाउनुभएको सामग्रीहरु नेपाल प्रतिनिधी प्रसान्तराज रेग्मीको प्रमुख आतिथ्यमा विवतरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले सहयोगी हातहरुलाई धन्यवाद दिदै गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि आगामी वर्षहरुमा पनि नियमित रुपमा सामग्रीहरु वितरण गरिने बताउनुभयो । हिमालय फ्रेण्ड्स इ.भि. जर्मनी सँगको सहयकार्यका लागि गर्नुभएको प्रयासका लागि प्राथमिक तह इन्चार्ज देवुकुमारी शर्मालाई बधाई र शुभकामना दिनुभयो । कार्यक्रममा उपस्थित स्थानीय अभिभावक अर्जुन नेपालीले पछिल्लो सयममा विविध अतिरिक्त कृयाकलाप, शिक्षामा सीप, बुक फ्रि फ्राइडे, गरीब विद्यार्थी सहायता कार्यक्रम लगायकका विविध आकर्षक गतिविधिका कारण विद्यालयको नाम फैलिएको बताउनु भयो । वहाँले विद्यालयले शैक्षिक उपलव्धी प्रगती सँगसगै पारदर्शी तरिकाले काम गरेर अभिभावकहरुको मन जितेको बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकसंघ, शिक्षक कर्मचारीहरु, विद्यार्थीहरु तथा अभिभावकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal