आज :

ट्रम्पलाई सजाय राष्ट्रपति निर्वाचनपछि सुनाइने

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनी आपराधिक मुद्दामा सुनाइने भनेको सजाय नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ ।

न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ सम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत हुन् । यस प्रकरणमा उनको सजायको घोषणाको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो, तर राष्ट्रपति निर्वाचनलाई प्रभवित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरेका थिए ।

मे महिनामा, न्यूयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो । अमेरिकामा पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलो पटक हो । न्यायाधीशले यो निर्णयमा अमेरिकी चुनावले कुनै असर नपरोस् भन्ने निर्णय गर्नुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal