आज :

प्रधानमन्त्री नीवास नजिकै ‘गुण्डाराज’, बालुवाटार प्यालेसका संचालकको किर्ते धन्दा

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री नीवास नजिकै गुण्डाराज चलिरहेको खुलासा भएको छ । बालुवाटारस्थित चर्चित ललिता नीवास नजिकै रहेको ‘बालुवाटार इभेन्ट्स प्रा.लि.’ का संचालकहरुले गुण्डाराज चलाएका हुन् । आजभन्दा ६ बर्षअघि भट्टराई परिवारको जग्गा भाडामा लिएर उक्त किर्ने कागजात गरेर पाटी प्यालेस निर्माण गरिएको थियो ।

जग्गाको भाडा तिर्ने सर्तमा उक्त प्रा.लि.ले निर्माण गरिएको बालुवाटार प्यालेस व्याङक्युट एण्ड इभेन्ट्सले २०७९ चैत्रसम्मको भाडा तिरेपनि त्यसयताको भाडा तिरेको छैन । सर्तअनुसार भाडा तिर्नुको साटो संचालकले जग्गा हड्प्ने शैलीमा काठमाडौँ महानगरपालिका वडा नं. ४ मा गरिएको सम्झौतामा किर्ते लिखित गरी एउटा हलको नक्सा पास गरिएको जग्गाधनीले बताए । त्यस्तै, संचालकले अर्को हल र भान्साको नक्सा पास नगरी अवैध संरचना निर्माण गरी हाल संचालन गरिरहेका छन् ।

नक्सा पास नगरी पाटी प्यालेस संचालन गरेको, भाडा पनि नतिर्ने र किर्ते लिखतको आडमा जग्गाधनीलाई धम्काउँदै संचालकले व्यापार गरिरहेका छन् । जग्गाधनी सुरेश भट्टराईले भाडा नतिरेकोले जग्गा खाली गराई पाउँ भन्दै वडा कार्यालय र महानगरपालिकामा समेत उजुरी दिएका थिए । महानगरको न्यायीक समितिमा छलफल हुँदा पहिला उपप्रमुख सुनिता डंगोलले जग्गा खाली गराईदिने बताएकी थिइन् । तर, पछि उक्त करार सम्बन्धी बोल्ने अदालत हो भन्दै जग्गाधनीलाई काठमाडौँ जिल्ला अदालत पठाउने आदेश गरियो ।

त्यस्तै, मेयर बालेन शाहको इजलासले नक्सा पास नगरेकोमा दुई हप्तामा नक्सा पास गर्न आदेश दिएको थियो । तर, हाल उक्त जग्गा ऐश्वर्य बस्नेतको नाममा पनि आइसकेको छ । जग्गाधनी बस्नेतले नक्सा पासको लागि मञ्जुरीनामा नदिने बताइएकी छन् ।

उक्त पाटी प्यालेसका संचालक हुन् शान्ति कुमारी लम्साल, सुदिप क्षेत्री, मनु लम्साल, मनिष राज पौडेल र संगीता पोखरेल । संचालक समितिका अध्यक्ष सुदिप क्षेत्रीसहित पाँचै जनाले किर्ते गरेको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । गत जेठ पहिलो हप्तामा जिल्ला अदालत काठमाडौँबाट प्रहरीले पक्राउ पुर्जी लिएको तीन महिना बितिसकेको छ । उनिहरु ढुक्कले काठमाडौँमा हिडिरहेका छन् तर प्रहरीले पक्राउ गर्न सकेको छैन ।

अहिले पाटी प्यालेसको नेतृत्व संचालक रहेकी संगीता पोखरेलका पति मुक्ति दाहाल, मनिष पौडेलकी पन्ती शैलु लम्साल, शान्ति लम्सालको भतिज पर्ने सन्तोष लम्लास, मनु लम्सालको पति उदय अधिकारीले गरिरहेका छन् । उनीहरु जग्गाधनीसँग आफूहरु कर्मचारी मात्रै रहेको बताउने गरेको बताइएको छ ।

कसरी भयो किर्ते ?

दुई पक्षबीच भएको भाडा सम्झौतालाई धोती लगाउँदै बहाल सम्झौतामा थप किर्ते लिखत गरी संचालकले संरचना निर्माण गरेका थिए । २०७५ चैत्र २५ गते भएको सम्झौताको अन्तिम पानामा जग्गाधनी उमेश भट्टराईको कित्ता नं. २० किर्ते गरी थपियो । सोहीअनुसार किर्ते करारको कागजबाट नक्सा पास गरियो ।

२०७५ असोज २ गते तयार गरिएको मञ्जुरीनामा २०७६ बैशाख १० गते वडामा गई प्रमाणित गराईयो । त्यस्तै, नक्सा पासको लागि सुरेशसँग मञ्जिुरी नामा गरिएको थियो । तर, हालसम्म नक्सा पास नगरी अनाधिकृत रुपमा संरचना बनाएर पाटी प्यालेस संचालन गरिएको छ ।

सक्कली सहमतिपत्र

किर्ते सहमतिपत्र

सक्कली मञ्जुरीनामा

प्रा.लि.का अध्यक्ष समेत रहेका सुदिप क्षेत्रीले २०७५ साल मंसिरमा १७ गते तयार गरी २०७६ बैशाख २५ गते वडामा प्रमाणित गरेको उमेश भट्टराईको नाममा किर्ते, नक्कली मञ्जुरीनामा गरेका थिए । मञ्जुरीनामा पत्रमा उमेशको हस्ताक्षर र औंठा छाप लगाइएको छ । तर, सोही समयमा उमेश अस्ट्रिेलियमा नै थिए । उक्त मञ्जुरीनामामा सुरेश भट्टराईलाई साक्षी राखेर नक्कसी हस्ताक्षर गरिएको छ । किर्ते, नक्कली मञ्जुरीनामामा साक्षी राखिएका एकजनाले सो समयमा आफू सरकारको अर्को निकायमा गइसकेकोले आफूले हस्ताक्षर नभएको र गर्न पनि निमल्ने बताएका छन् ।

नक्कली मञ्जुरी नामाको आधारमा काठमाडौँ महानगरपालिकाबाट २०७५ फागुन २७ गते बालुवाटार इभेन्ट्स प्रा.लि.को नाममा भवन निर्माण अनुमति क्षेत्रीले लिए । उक्त भवन निर्माण अनुमतिमा पनि जग्गाधनीको नाम बालुवाटार इभेन्ट्स प्रा.लि.को लेखिएको छ ।

किर्ते मञ्जुरीनामा

भुक्तानीमा नाममा पनि बदमासी

जग्गा भाडा रकम पनि बदमासी भएको छ । रमेश प्रसाद भट्टराईको नाममा ७ लाख ५० हजार रुपैयाँ भाडा रकम पठाएको बताइयो । यसमा पनि पाटी प्यालेस संचालकले चलाकी गरेका छन् । चेक रमेश भट्टराईको नाममा काटिएको छ भने भुक्तानी अर्कैको नाममा भएको छ । लक्ष्मी बैंक पुलचोक शाखाको चेकबाट खाता नम्बर २१०३५५३५१०११ सनराइज बैंक गैरीधारा शाखामा भुक्तानी गरिएको छ । तर, रमेशको नाममा काटिएको चेकको पछाडि ००२१०२३१०८००१७ खाता नम्बर लेखिएको छ ।

उक्त रकम रमेशको खातामा नभएर २०७६ असार ३१ गते मिलन खड्काको नाममा भुक्तानी गरिएको बैंक स्रोतले जानकारी दियो । तर, प्रा.लि.ले नक्कली स्टेटमेन्ट बनाएर वडा र महानगरपालिका न्यायीक समितिलाई झुक्याएको जग्गाधनीले बताए । यो कुराको खुलासा महानगरमा परेको मुद्दाकाे क्रममा पत्ता लागेको बताइएको छ ।

सक्कली स्टेटमेन्ट

नक्कली स्टेटमेन्ट

भाडा नतिरेको अदालतको ठहर

जग्गाधनीले बहाल रकम दिलाई पाउँ भन्दै वडामा गएपछि बालुवाटार इभेन्ट्स प्रा.लि.को तर्फबाट संचालक संगीता पोखरेल सुरेश भट्टराई र ऐश्वर्य बस्नेतलाई विपक्षी बनाएर निषेधाज्ञा जारी गरीपाउँ भन्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

२०८० असार १२ गते उच्च अदालतले जग्गाधनीले स्थानीय तहमा भाडा दिलाई पाउँ भन्ने निवेदन दिएको र सम्झौता अनुसार हालसम्मको बहाल रकम चुक्ता गरेको भन्ने कागजातबाट नदेखिएको भन्दै निषेधाज्ञा जारी गर्न राखेन ।
हाल बालुवाटार इभेन्ट्स प्रा.लि.का संचालक पाँचै जना फरार रहेका छन् ।

जग्गा कब्जा गर्ने चेप्टा

बालुवाटार इभेन्ट्स प्रा.लि.का संचालकले किर्ते गरेर उक्त जग्गा कब्जा गर्न खाेजेकाे जग्गाधनीकाे आरोप छ । यसले नक्सा पास अनुमतिमा पनि जग्गाधनीकाे नाम कम्पनी नै राखिएकाे छ । त्यस्तै, वडा कार्यालयमा तिरेको बहाल कर तिर्दाको रसिदमा पनि बहालधनीको नाम बालुवाटार इभेन्ट्स प्रा.लि.को संकेत नम्बर ०–४–२५–०६८३ राखिएको देखिन्छ । यसले पनि कम्पनी संचालककाे नियत देखिन जग्गाधनीले बताए ।

प्रधानमन्त्री नीवासकै अगाडि त यसरी गुण्डाराज चलाइन्छ भने अन्य ठाउँकाे अवस्था के हाेला भन्ने गम्भीर प्रश्न उठेकाे छ ।

यो समाचारको विषयमा बुझ्न हामीले सुदिप क्षेत्रीसँग सम्पर्क गर्न खोजेका थियौँ तर सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal