आज :

योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्नुहाेस्ः प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् ।

संघीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे ।

‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ । हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरु, सांसदहरुको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाध्यास गराएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal