आज :

नेकपा (बहुमत) द्वारा भ्रष्टाचारविरुद्ध संघर्षको घोषणा, भिआईपीको सम्पत्ति छानबिनदेखि निजी बैंक खारेज

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (बहुमत) ले भ्रष्टाचार र बैक तथा वित्तिय संस्थाले नागरिकको धनसम्पती खुलमखुल्ला लुटको विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर असोज ३ गतेसम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सरकारले अहिलेसम्मका भ्रष्टाचारीलाई चोख्याउने र नीतिगतरुपमै भ्रष्टाचार गर्ने वातावरण बनाउन कानुनमा पाँच बर्षे हदम्यादको प्रस्ताव गरेको बताए । पाँच बर्षे हदम्यादको प्रावधान भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयत्न मात्र नभएर देशकै अस्तित्वमाथि आघात पुर्याउने षड्यन्त्र भएको बताउँदै बास्तोलाले सो प्रस्ताव खारेज गर्न र भ्रष्टचारजन्य राज्यविरुद्धको कुसुरमा कुनै पनी हदम्याद नराख्न माग समेत गरे ।

बास्तोलाले भने, ‘भ्रष्टाचारको अनुसन्धान र मुद्दा दायर गर्न पाँच बर्षे हदम्याद सम्बन्धी प्रस्ताव भ्रष्टाचारलाई संस्थागत गर्ने, भ्रष्टचारीलाई जोगाउने सामान्य प्रयत्न मात्रै नभएर नेपाली जनता र नेपाल राष्ट्रको अस्तित्वमाथि नै आघात गर्ने खतरनाक षड्यन्त्र हो ।’ उनले भ्रष्टाचार तीन प्रकारका हुने बताउँदै सबैभन्दा डरलाग्दा र खतरनाक भ्रष्टाचार नीतिगतनिर्णयका नाममा गरिने भ्रष्टाचार बताए । कार्यविधिमा हुने भ्रष्टाचार सबैभन्दा बाहिरी भ्रष्टाचार भएको बताउँदै उनले यो सामान्य नागरिकले थाहा हुने बताए । उनले कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टाचार मध्यम खालेका हुने र सिमितलाई मात्रै थाहा हुने बताए ।

‘भ्रष्टाचारको विविध आयम रहेका छन् । नीति, कार्ययोजना, कार्यक्रम र कार्यविधिमा हुने भ्रष्टाचार अन्तरगत अधिकांश जनतालाई थाहा हुने भनेको कार्यविधिमा हुने भ्रष्टाचार हो, जुन सबैभन्दा बाहिरी तहको भ्रष्टाचार हो । कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टचार केही सिमित मानिसहरुलाई थाहा हुन्छ, यो मध्यम भ्रष्टाचार हो, नीतिगत भ्रष्टाचार सबैभन्दा कम मानिसहरुलाई थाहा हुन्छ, जो उच्च तहको र खतरनाक भ्रष्टाचार हो’ बास्तोलाले भने । वित्तिय क्षेत्रबाट हुने शोषण भ्रष्टाचारको अर्को अमानवीय उदाहरण भएको बताउँदै बैंक र वित्तिय संस्थाहरुबाट मध्यम र निम्नमध्यम वर्ग मात्र नभएर न्यून आय भएका जनतासमेत शोषित हुने गरेको महासचिव बास्तोलाले बताए ।

बैंकहरुबाट ऋण लिएका करिब १९ लाख र सहकारी एवं वित्तिय संस्थाहरुबाट ऋण लिएका २३ लाख ऋणीहरु भएको बताउँदै राजनीतिक पार्टी, ठूला नोकरशाह, दलालले पँहुचका आधारमा विना धितो, विना मुल्याङकन विना ब्याज खर्बौं रकम परिचालन गरी अपचलन गरेको बास्तोलाले बताए । उनले न्यून आय भएका नागरिकलाई अनिवार्य धितो, नियमित किस्ता नतिरे जरिवाना र ब्याजलाई पुनः साँवा बिगोमा बदल्ने चक्रवृत्ति ब्याजको दुश्चक्रमा फसाउने गरिएको बताए । साँवा बराबर भन्दा ब्याज बढी तिर्न नपर्ने प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गरी ऋणीहरुको ऋण तिर्ने भाखा अगावै सम्पत्ति तुरुन्तै धितो लिलाम गर्ने गरिएको र उनिहरुको सो कार्यबाट हजारौ नागरीक घरबारविहिन भएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले अब संघर्ष गर्ने बताए ।

देशलाई ऋणमा डुबाएर सत्ताधारीहरुले भ्रष्टाचार गरेको बताउँदै महासचिव बास्तोलाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई अपील समेत गरेका छन् । महासचिव बास्तोलाले उच्च तहमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार ठहरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए ।

त्यस्तै, सरकारी तहका नेपाल बैक लिमिटेड, बाणिज्य बैक, कृषि विकास बैकहरु वडातहसम्म पुर्याई जनतालाई आर्थिक सहयोग गर्नु पर्ने र सरकारी कार्यालय, अड्डा अदालतमा निजि बैंकहरु राखी राजस्व संकलन गर्ने कार्य तुरुन्त बन्ध गरी सरकारी कार्यालय, अड्डा अदालतमा रहेका निजि बैंकहरु तत्काल हटाईनु पर्ने, गाँउपालिका, नगरपालीका, जिल्ला हुँदै देशै भरीका निजि बैंकहरु हटाई निजि बैंकहरु खारेज नै गरी निजि बैंकहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने समेत बताए ।

आन्दोलनका मागहरुः

– भ्रष्टाचार सम्बन्धी पाँच बर्षे हदम्याद राख्ने निर्माणधिन कानुन खारेज गरे ।

– मन्त्रिपरिषदले नीतिगत निर्णय गरी गरिएका भ्रष्टाारमा अख्तियार नलाग्ने प्रावधान खारेज ।

– सबै खाले बैंक तथा वित्तिय लुटपाटजन्य भ्रष्टाचार बन्द गर ।

– साँवा बराबरभन्दा बढी ब्याज असुल्न नपाउने प्रचलित विद्यमान कानुनी व्यबस्था साथै अदालतको फैसला सबै क्षेत्रमा लागू गर ।

– सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड) का शाखाहरु गाउँगाउँसम्म स्थापना गर ।

– सम्पूर्ण निजी व्यवसायीक बैंकहरु खारेज गर, त्यसको सम्पत्ति राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगहरु स्थापना गर ।

– बैंकले धितो लिलाम गर्दा ऋणीको धन सम्पति अवमुल्यन गरी लुट्ने काम बन्द गर।

– भ्रष्टाचारमा मुछिने अदालत र न्यायाधीशहरुलाई अख्तियारको छानविनमा ल्याउने व्यवस्था गर ।

– नेपालबाट भ्रष्टाचार गरी विदेशमा राखिएको सम्पत्ति फिर्ता गर ।

– अहिलेसम्मका सम्पूर्ण उच्च पदस्तहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचा गरिएको सम्पत्ति राष्ट्रियकरण गर ।

संघर्षका कार्यक्रहरुः

भदौ, – ११ गते पत्रकार सम्मेलन ।

– १४ गते सबै जिल्लाहरुमा कोणसभा ।

– १५ गते प्रदेश राजधानीमा भ्रष्टाचार काण्डबारे कोषणसभा ।

– १६ देखि १९ गतेसम्म सबै जिल्लाहरुले सबै क्षेत्रका भ्रष्टाचारका घटनाहरु सार्वजनिक गर्ने ।

– २० गते सबै जिल्लामा भ्रष्टाचार र वित्तिय शोषणविरुद्ध मशाल जुलुस ।

– २५ गते सबै जिल्लामा भ्रष्टाचारविरुद्ध जनसंघर्ष समिति घोषणा गरी संयोजकको नाममा विज्ञप्ति जारी गर्ने ।

– २६ देखि ३१ गतेसम्म महानगर, उपमहानगर, नगरपालिका/गाउँपालिकाहरुमा बेरुजुको विवरण सार्वजनिक गर्न दबाब सिर्जना गर्ने ।

– असोज ३ गते काठमाडौँमा महासचिवको उपस्थितिमा जनप्रदर्शन गर्ने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal