आज :

शान्तिले जितिन् हिमालयन तीज चेसको उपाधि

  • अनलाइन डबली

काठमाडौं । हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् ।

स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्बाधिक ५ अंकसहित च्याम्पियन भएकी हुन् ।

३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनि हुन् । दुई वर्षअघि चेन्नाईमा भएको ४४ औं ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौं चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन् ।

निहाना श्रेष्ठ ४ अंकसहित उपविजेता भइन् । समान ४ अंक भएपनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एकमात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोति प्रतियोगितामा यू–१५ मा प्रज्ञा पन्त ९४ अंक०, यू–१३ मा एन्जल महर्जन ९४ अंक०, यू–११ मा नायुमा मगर ९४ अंक०, यू–९ मा प्रज्ना तुलाधर ९३ अंक० र यू–७ मा चार्वी खेम्का ९३।५ अंक० प्रथम भए । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् । ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अंक बटुल्दै पहिलो भइन् ।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रिती राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९समाजवादी० की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक ९लेक्चरर० विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्यपदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे ।

गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रुपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ । उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी । उसले यसअघि एसईई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal