काठमाडौँ। नेवार समुदाय बारे विस्तृत बिषय समावेस पुस्तक “ नेवाः सॅास्किृतिक ज्ञानकोष ” को बिमोचन गरिएको छ।नेपाल सरकार , काठमाडौँ महानगर पालिका र नेपाल भाषा एकेडमीको पहलमा प्रकाशित पुस्तकको आज काठमाडौँ महानगर पालिकाका उप-प्रमुख सुनिता डंगोल , बरिष्ट कथाकार यज्ञ रत्न धाख्वा ,जनकवि दुर्गा लाल श्रेष्ठ,सस्कृति परम्परा बिज्ञा यज्ञमान पति बज्राचार्य , नेपाल भाषा लिपि साहित्य क्षेत्रमा योगदान दिनु भएका शुवर्ण केशरी , बरिष्ट बाजा/नाट्य /संगीत गुरु श्री गोपाल प्रजापति र क्रोधकला शिरोमणि कालु कुमाले द्वारा संयुक्त रुपमा बिमोचन भएको हो।
बिमोचन भएको पुस्तक भाषा तथा लिपि, साहित्य – शिल्प,प्रविधि र ज्ञान – गीत, बाजा र नाचा – नेवा: परिचय – सस्कृति र सम्पदा गरि पाँच वटा छुट्टा छुटै रुपमा रहेको छ।
बिकशित हुदै गैरहेको पश्चिमी सस्कृतिका कारण नेवार मौलिक , कला ,सस्कृति , परम्परालाइ जिवितै राख्न यस पुस्तकको महत्व पूर्ण भूमिका रहने नेवा: अगुवा मल्लके सुन्दरले बताउनु भयो।
फोटोहरु –