आज :

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक बिहीबार बस्दैछ ।

काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्ने बैठकको बिहान साढे ९ बजे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नेछन् ।

३४ वर्षको इतिहासमा केन्द्रीय सल्लाहकार समितिको बैठक पहिलो चोटि बस्न लागेको हो ।

सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा छन् । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरु सहभागि हुनेछन् ।

बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेस गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal