आज :

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  • अनलाइन डबली

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम छ। यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा पुगेको थियो।

आइतबार युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ९० पैसा र बिक्रीमा १३२ रुपैयाँ ५२ पैसा पाइन्छ। आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १४ पैसा पाइन्छ। आइतबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६२ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७९ पैसा तोकिएको छ। युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा पाइन्छ।

मलेसियन रिंगिट एकको खरिदमा आज २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ०७ पैसा तोकिएको छ।

बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३६ रुपैयाँ २७ पैसा कामय गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal