आज :

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

  • अनलाइन डबली

काठमाडौं । कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर सञ्चालन गर्ने परीक्षा विहान ८ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ । देशभरका ५ हजार ५४२ वटा विद्यालयका विद्यार्थीहरू यो परीक्षामा सामेल हुदैछन् ।

यसवर्ष देशभरबाट नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ जना परीक्षार्थीहरू परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । ग्रेड वृद्धितर्फ १ लाख ६५० परीक्षार्थी सहभागी हुदैछन् ।

परीक्षाका लागि बोर्डले देशभर १ हजार ५२५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा १४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र तोकिएका छन् ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको बोर्डका अध्यक्ष शर्माले बताए ।

परीक्षा वैशाख २६ गते सकिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal