आज :

ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक

  • अनलाइन डबली

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । विहीबार राति भएको खेलमा ब्राइटनमाथि ४–० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियोगरी प्रस्तुत गरेको छ ।

३४ औं चरणको खेल हुँदा अहिले आर्सनल ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सिटी भने ३३ खेलबाट ७६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, तेस्रो स्थानमा रहेको झरेको लिभरपुलको ३४ खेलबाट ७४ अंक भएको छ ।

अब सिटीले ५ खेल खेल्न बाँकी रहँदा आर्सनल र लिभरपुलका चार खेलमात्रै बाँकी छन् । अबका खेलको नतिजाका आधारमा प्रिमियर लिगको उपाधि छिनोफानो हुने छ । विहीबार राति सिटीलाई जिताउनका लागि फिल फोडेनले २ गोल गर्दा केभिन डी ब्रुएना र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

ब्राइटनको मैदाानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनाले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २६ औं मिनेटमा फिल फोडेनले शानदार गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यसैगरी ३४ औं मिनेटमा फोडेनले बर्नान्डो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमै ३–०को सहज अवस्थामा पुगेको थियो ।

६२ औं मिनेटमा वाल्करको पासमा अल्भारेजले गोल गरेपछि सिटी ४–० को सहज र एकतर्फी जित निकाल्दै स्पष्ट ३ अंक थप गर्न सफल भयो । सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड तीन टोलीका बीचमा केन्द्रीत भएको छ । पराजित भएको ब्राइटन भने ४४ अंकका साथ तालिकाको ११ औं स्थानमा छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal