आज :

प्रधानमन्त्री प्रचण्ड र खनालबीच भेटवार्ता, सुदूरपश्चिममा पछि नहटे एकीकृत समाजवादी फुट्ने ! 

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई भेट्न खनाल मंगलबार विहानै बालुवाटार पुगेका थिए ।

यो समाचार तयार पार्दासम्म खनाल बालुवाटारमै रहेका छन् । प्रचण्ड र खनालबीच वान टू वान बार्ता भइरहेको छ ।

स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशमा गठबन्धनको सहमति विपरित एकीकृत समाजवादीले नेपाली काँग्रेससँग मिलेर सरकार बनाउन खोेजेको विषयमा छलफल भइरहेको छ । सुदूरपश्चिमको विषयबारे एकीकृत समाजवादीमा दुई धार देखा परेका छन् ।

अध्यक्ष माधव कुमार नेपाल माओवादी केन्द्र र नेकपा एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै काँग्रेससँग मिलेर अगाडि बढ्ने पक्षमा देखिएका छन् भने  नेता खनाल पक्ष काँग्रेससँग मिल्न नहुने पक्षमा छन् । त्यस्तै दोस्रो तहका नेताहरु दुई धारमा विभाजित भएका छन् ।

एकीकृत समाजवादीका नेताहरुले सुदूरश्चिमको विषयमा सार्वजनिक रुपमै फरक फरक धारणा राख्दै आएका छन् । सुदूरपश्चिममा काँग्रेससँग मिले केन्द्रमा पनि गठबन्धनबाट पछि हट्नुपर्ने आउने र त्यो पार्टीको लागि घातक हुने एसका एक नेताले बताउँछन् । उनले भने, ‘सुदूरपश्चिमको असर केन्द्र र अन्य प्रदेशमा पनि देखा पर्छ, पार्टी सुदूरश्चिमबाट पछि हटेर गठबन्धनलाई नै साथ दिनुपर्छ, यदि नेताहरु त्यसको लागि तयार नभए पार्टी विभाजन हुन सक्छ ।’

अध्यक्ष नेपालले सुदूरपश्चिममा पहिलो कार्यकाल आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएका थिए तर निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टीले पनि अडान नछोडेपछि पहिलो कार्यकाल उसलाई दिने सहमति भएको थियो ।

सुदूरश्चिममा पहिलो कार्यकाल नाउपा र त्यसपछि एकीकृत समाजवादीले पाउने गठबन्धनमा सहमति भएको थियो । तर, एसले काँग्रेससँग मिलेर नाउपाकै अर्को पक्षलाई मुख्मयन्त्री बनाउने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले काँग्रस र नाउपाको रेशम चौधरी समूहसँग भएको सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal