
काठमाडौँ । जनकवि भाजु दुर्गालाल श्रेष्ठ द्वारा रचना गरिएको क्रान्तिकारी नेपालभाषा म्युजिक भिडियो ‘घाः जुयाः जक ख्वइगु खः ’ सार्वोजनिक भएको छ। तत्कालिन पञ्चायती ब्यबस्थाले नेपाल भाषालाइ निषेध तथा दमन गरेको उत्पीडनमा तयार पारिएको यस गीत जान जनमा लोकप्रिय हुदै दशकौ पछी तयार भएको यस म्युजिक भिडियो आज एक कार्येक्रमका बीच सार्वोजनिक भएको हो।
राम प्रसाद मानन्धरको संगीतमा रहेको यस म्युजिक भिडियोमा निर्माता र निर्माण संयोजक नरेनमान , ऐरेन्जरमा जिवित जल्मि,रिकर्डिष्टमा सुमन कपाली, मिक्सिंगमा फिरोज बज्राचार्य ,ब्यबस्थापकमा लक्ष्मी कुमार महर्जन/दिपेन्द्र महर्जन,सम्पादनमा बिके जल्मि र क्यामरामा बिके जल्मि /राजेशलेसाथ दिएको छ,भने निर्देशकमा रत्न महर्जन, रवि महर्जन , रन्जु श्रेष्ठ रहेको छ।
राम प्रसाद मानन्धर , संगीता थापा शाक्य , पबित्र बज्राचार्य , सुमन कपाली , भाजु सानुबाबु महर्जन, रत्नशोभा महर्जन ,दिपा महर्जन , पबित्र कसाः, अन्जान शाक्य, सुध्दलक्ष्मी श्रेष्ठ, प्रतिमा बज्राचार्य , सबिना मानन्धर , मैंया मुनिकार , मिनर्वा देवी शाक्य, प्रदिप रत्न शाक्य , पुर्णमान महर्जन , रत्न संभव शाक्य , बिकास रत्न कंसाकार , बिष्णु नारायण महर्जन, सन्चिता श्रेष्ठ र नरेन मानले यस गीतमा स्वर दिएका छन् ।
गीतका रचनाकार जनकवि दुर्गालाल श्रेष्ठ प्रमुख अतिथि रहेको कार्येक्रममा नयाँ तथा पुराना गाएक , कलाकार लगाएत म्युजिक भिडियो तयार गर्न सहयोग गर्ने सबैलाइ सम्मान गरिएको थियो।
बि स २०१९ जेठ ३ गते पञ्चायती सरकारले रेडियो नेपालबात प्रशारण हुदै आएको नेपाल भाषा कार्येक्रम बन्द गरि भाषा माथि दमन गरिए पछी बिरोधमा गुन्जिएको यस गीतले भाषा आन्दोलन आवाजलाई थप क्रान्तिकारी बनाउदै भाषा आन्दोलनको रुपमा जन जनमा जुन्जायेमान भएको थियो।
भिडियो हेर्न तल क्लिक गर्नु होला –